सिन्धुली– सिन्धुलीका नौ स्थानीय तहहरु मध्ये कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासी र अब्यस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न् गरिसकेको छ ।
नगरपालिका क्षेत्रभित्रका स्थानीयहरुले प्रयोग गरिरहेको ऐलानी जग्गाको अवस्थालाई ब्यबस्थितगर्न ऐलानी जग्गाको विवरण संकलन तथा अभिलेखीकरण र ब्यवस्थापन सम्बन्धी कार्यविधी–२०७५ निर्माण गरि समग्र अवस्थालाई ब्यस्थित गरिएको कमलामाई नगरपालिका कार्यालयका भुमी शाखा प्रमुख मुकेश तामाङ्गले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाले आह्वान गरेको सुचना अनुसार नगरपालिका कार्यालयमा दलित सुकुम्बासी २सय ७१, भुमिहिन सुकुम्बासी ७ सय २३ र अब्यस्थित बसोबासी ६ हजार ५ सय २३ सहित कुल ७ हजार ५ सय २३ निवेदन परेको तामाङ्गले बताउनुभयो ।
अब्यस्थित बसोबासीको जग्गाको क्षेत्रफल १ हजार ९ सय ६१ विघा १९ कठ्ठा २ धुर रहेको र ति परिवारलाई कमलामाई नगरपालिका कार्यालयको तर्फबाट नापजाँच भएको परिणाम बारे जानकारी दिन धमाधम जानकारी विवरण फारम वितरण भईरहेको तामाङ्गले बताउनुभयो ।
त्यस्तै आफ्नो तथ्यांकलाई ब्यस्थित गर्दै कमलामाई नगरपालिका कार्यालयले जग्गा धनी प्रमाणपुर्जाको लागी भुमी आयोग जिल्ला समितिबाट प्रमाणिकरण गरि पुर्जा वितरण गर्न कमलामाई वडा नं.१,२, ३, ६, ७ र १० का भुमीहिन दलित तथा भुमीहिन सुकुम्बासीको विवरण आयोगमा पठाएको जनाएको छ ।