सिन्धुली – नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखाको ५२ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट पदाधिकारी सहित सम्पूर्ण कार्यसमिति सर्वसम्बत चयन गरिएको छ । शाखाको सभापतिमा पुःन अशोक श्रेष्ठ तेश्रो पटक नेतृत्वमा चयन हुनुभएको छ ।
सोमबार सम्पन्न् शाखाको बन्दसत्रले पदाधिकारी सहित १७ सदस्यीय कार्यसमिति सर्वसम्बत चयन गरेको जनाइएको छ । शाखाको उपसभापतिमा महेश्वर कोइराला, महिला उपसभापतिमा सकुन्तला श्रेष्ठ, मन्त्रीमा लाल बहादुर कार्की, कोषाध्यक्षमा पुरुषोतम प्रसाद अधिकारी, उपमन्त्रीमा केदार प्रसाद देवकोटा र उपकोषाध्यक्षमा गोबिन्द बहादुर बस्नेत सर्वसम्बत हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै शाखाको महिला सदस्यहरुमा अप्सरा बराल घिमिरे, सितादेवी सत्याल र दुर्गालक्ष्मी श्रेष्ठ निर्विरोध हुनुभएको छ भने खुल्ला सदस्य तर्फ लोकमणि तिमल्सीना, एकराज बराल, धन बहादुर बल, रामप्रसाद सिग्देल, सन्तोष कुमार कार्की, जय प्रसाद न्यौपाने र नबराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
आईतबार उदघाटन गरिएको ५२ औं बार्षिक साधारणसभामा जिल्ला भरिका ४२ उपशाखाबाट २ सय २९ प्रतिनिधी सहभागी थिए । निर्वाचन कार्यतालिका अनुसार आईतबार बेलुका पदाधिकारी सहित १७ कार्यसमितिका लागी ३४ जनाको उम्मेदवारी दर्ता भएको थियो । सोमबार उम्मेदवारी फिर्ताको समय सम्म सहमतीका साथ उम्मेदवारी फिर्ता पछि सर्वसम्बत नयाँ कार्यसमितिको चयन भएको हो ।