सिन्धुली – सिन्धुलीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नं. ९ चोरखोलामा ईलाका प्रहरी कार्यालय भीमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा विभिन्न समयमा भिमानबाट दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाउक्ँे छ ।
यहि फागुन ५ गते सवारी चेकजाँच गर्ने क्रममा हाइयसमा सवार काठमाडौँ महानगरपालिका १० नयाँबानेश्वर का २० वर्षिय अस्मित के.सीलाई लागुऔषध सहित पक्राउ गरेको छ । झापाबाट काठमाडाँैतर्फ जादै गरेको बा ४ ख ८०९ नं.को हायसमा सवार के.सी.को साथमा रहेको निलो रंगको झोला भित्र रहेको कालो रंगको जिन्स पाईन्ट भित्र कालो रङको प्लाष्टिकमा पोकापारी लुकाई छिपाई राखेको लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
केसीको साथबाट लागु औषध नाइट्रोभेट १० लेखिएको ४ सय ४३ पिस ट्याब्लेट १६ पत्ता,डाइजापाम लेखिएको एम्पुल ९७ पिस, फेनारजन लेखिएको एम्पुल ९७ पिस, नाम स्टिकर नभएको एम्पुल ९८ पिस र नरफिन लेखीएको ६ पत्तामा जम्मा १०८ पिस लेबलिङ स्टिकर सहित फेला पारेको प्रहरीले जनाएको छ । केसीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय भिमानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, शनिबार सर्लाहिबाट काठमाडौँ तर्फ जादै गरेको ना १ ज ६७८१ नं.को यात्रुवाहक उइनर लाई चेकजाँच गर्ने क्रममा सोही उइनरको सिट नं. ३ मा सवार सर्लाही हरीवन नगरपालिका वडा नं. ३ का ३३ वर्षिय रामेश्वर सिङलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेएको छ । चेकजाँच गर्ने क्रममा सिङको साथमा रहेको खैरो रंगको झोला भित्र ५०० एम एलको कोकाकोलाको बोत्तलमा अन्दाजी ४८० एम एल लागुऔषध कोरेक्स लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो ।
यसैबिच, शनिबार जनकपुरबाट काठमाडाँैंतर्फ जादै गरेको बा.३.ख ७७९४ नम्बकोे यात्रुवाहक हायसलाई चेकजांच गर्ने क्रममा सोही हायसमा सवार धनुषा मुखियपट्टी मुसरनिया गाउपालिका वडा नं. ४ का २२ वर्षिय सन्तोष कुमार यादवलाई प्रहरीले पक्राउ गरिएको छ । यादवको साथमा रहेको झोलाबाट नेपाली राहदानी थान १५ प्रहरीले फेला पारेको थियो । प्रहरी टोलीले सोधपुछ गर्दा आर्थिक प्रलोभन देखाएकोले राहदानी सहित यादवलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।