शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मन्त्रीको कार्यक्रम बहिस्कार

आइतवार , फाल्गुण ७, २०७९

सिन्धुली– राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उद्घाटन कार्यक्रमलाई जिल्लाका नौ वटै स्थानिय तहका प्रमुख उपप्रमुखहरूले  बहिस्कार गरेका छन् । शनिबार सिन्धुलीमाढीको खेल उदघाटन कार्यक्रमको मन्चमा रहेका कमलामाई नगरपालीका प्रमुख उपेन्द्र कुमार पोखरेल,दुधौली नगरपालीका प्रमुुख दिनेश अधिकारी दनुवार, फिक्कल गाँउपालीका प्रमुख पार्वती सुनुवारले मन्च क्रमश छाडेर हिड्नुभएको थियो ।

आयोजक जिल्ला खेलकुद बिकास समितिले प्रमुख जिल्ला अधिकारी, प्रहरी, सामाजिक संघ/संस्था पछि कमलामाई नगरपालिका प्रमुख सहित गाउँपालिका अध्यक्षहरुलाई मन्चमा वोलाए पछि मर्यादाक्रम मिचिएको भन्दै जनप्रतिनिधिहरुले कार्यक्रम स्थल छाडेर हिडेका हुन ।

मरिण,सुनकोशी,गोलन्जोर गाँउपालीका प्रमुख उपप्रमुख मन्चैमा चढेनन् । कार्यक्रममा प्रमुख अतिथि गंगानारायण श्रेष्ठसँगै मन्चमा वस्नु भएका कमलामाई नगरपालीका प्रमुख उपेन्द्रकुमार पोखरेलले अपमानित भएर कार्यक्रममा नवस्ने भन्दै मन्च छाडेर हिड्नुभएको थियो । फिक्कल गाँउपालीका अध्यक्ष पार्वती सुनुवार पनि कार्यक्रम छाडेर हिड्नुभयो । अध्यक्ष सुनुवार स्टेज मुनी गाँउपालिकाले ल्याएका खेलाडीहरुसँग गएर बस्नुभयो । जनप्रतिनिधिलाई अपमान भयो । यहाँ वस्नुको कुनै अर्थ छैन भन्दै सुनुवारले मन्च छाड्नुभएको हो ।

कार्यक्रमा बोल्दै वागमती प्रदेश सभा सदस्य छेत्रवहादुर वम्जनले स्थानिय जनप्रतिनिधीलाई कार्यक्रम आयोजक संस्था खेलकुद विकास समितीले अपमान गरेको बताउनुभयो । जनतावाट अभिमत प्राप्त जनप्रतिनिधिलाई अपमान हुने गरी कार्यक्रम तालिका आइन्दा नवनाउन आयोजकलाई प्रदेश सभा सदस्य वम्जनले सचेत गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण सहभागी हनुहुन्थ्यो । कार्यक्रममा श्रोता,दर्शक उपस्थिति २० जना पनि थिएन ।

प्रतिक्रिया