सिन्धुली – नेपालको संविधान–२०७२ ले संघीयतामा जाने परिकल्पना गरेसँगै केन्द्र, प्रदेश र स्थानीय सरकारको संरचना निर्माण भएको छ । स्थानीय सरकारको परिकल्पनासँगै बनेका स्थानीय तहहरु आफ्ना भौतिक संरचना नहुँदा भाडामा बसेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेका थिए ।
स्थानीय तह निर्माणको झण्डै ८ बर्ष वित्नै लाग्दा स्थानीय सरकारहरु भौतिक रुपमा ब्यवस्थित हुने क्रम बढ्दै गएको छ । सिन्धुली स्थानीय सरकारहरु पनि भाडाका भवनबाट सुविधा सम्पन्न् आफ्नै भवनबाट सरकार सञ्चालन गर्न सुरु गरेका छन ।
केन्द्र सरकार र स्थानीय सरकार बीचको साझेदारीमा सहरी विकास मन्त्रालयले तयार गरेको गाउँपालिका भवनको मापदण्ड अनुसार बोलपत्र मार्फत ५ देखी १० करोड सम्मका सुविधा सम्पन्न् भौतिक संरचनाहरुको निर्माण गरिएको हो ।
स्थानीय सरकार निर्माण पछि जिल्लाको दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिक र घ्याङ्गलेक गाउँपालिकामा सुविधा सम्पन्न् प्रशासनिक भवनको निर्माण कार्य सम्पनन भईसकेको छ भने फिक्कल गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको छ ।
कमलामाई नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा भने प्रशासनिक भवन निर्माण हुन सकेको छैन ।
गाउँपालिकाको आफ्नो नाममा जग्गा नभएको कारण भौतिक संरचना निर्माणमा समस्या भएको बताउँदै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष ब्रजध्वज वाईवाले गाउँपालिकाको नाममा जग्गा ल्याउने र भौतिक संरचना निर्माणको काम अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा सवै वडाहरुको आफ्नै कार्यालय मार्फत सेवा प्रवाह गरिरहेका छन, गाउँपालिका कार्यालय पनि आफ्नै भौतिक संरचनामै छ, जग्गाको स्वमित्व गाउँपालिकाको नाममा आउने वित्तिकै सुविधा सम्पनन् प्रशासनिक भवनको निर्माणको लागी पहल हुन्छ ।” आफ्नै कार्यकालमा सुविधा सम्पन्न् प्रशासनिक भवन निर्माण हुने अध्यक्ष वाईवाले बताउनुभयो ।
गाउँपालिका तथा नगरपालिका भवन निर्माणका लागी स्थानीयहरुले गाउँपालिका तथा नगरपालिकालाई जग्गा दान गर्ने तथा स्थानीय सरकारले ऐलानी जग्गलाई आफ्नो स्वामित्वमा लिएर भौतिक संरचना निर्माण गरेका छन । दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, घ्याङ्गलेक गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागी स्थानीयहरुले जग्गा दान गरेका छन ।
दुधौली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी ५ ब्यक्तिले १७ कट्ठा जग्गा दान गरेको र दुधौली नगरपालिकाका सवै वडा कार्यालयहरु आफ्नै भवन मार्फत सेवा प्रवाह गरिरहरेको प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
फिक्कल गाउँपालिका कार्यालयको निर्माणाधिन अवस्थामा रहेको प्रशासकिय भवन निर्माणका लागी २४ जनाले ७ आना जग्गा हस्तान्तरण गरेको र गाउँपालिकाका सवै कार्यालयहरु आफ्नै भवन मार्फत सेवा प्रवा गरिरहेको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
घ्याङ्गलेक गाउँपालिकाको प्रशासकिय भवन लयायतका भवन निर्माणका लागी स्थानीय २३ ब्यक्तिले २४ रोपनी जग्गा गाउँपालिकालाई दान गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो । त्यस्तै तिनपाटन, सुनकोशी र मरिण गाउँपालिकाले एैलानी जग्गालाई आफ्नो स्वामित्वमा लिएर भौतिक संरचना निर्माण गरेका छन ।
सिन्धुलीका स्थानीय सरकार मध्ये गोलन्जोर गाउँपालिकाको प्रशासनिक काम अहिले पनि भाडाको भवन मार्फत भईरहेको छ । भने जिल्लाका प्राय सवै वडा कार्यालयहरु आफ्नै भवन मार्फत सेवा प्रदान गरिरहेका छन । दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोशी गाउँपालिका, घयाङ्गलेक गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुगढी गाउँपालिकाका सवै वडाहरु आफ्नै कार्यालय भवनमा छन भने कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका केहि वडा कार्यालयहरु भाडामा रहेका छन ।
सरकारी संरचना निर्माणका लागी जग्गा दान गर्ने क्रम बढ्दै
सिन्धुलीमा सरकारी भौतिक संरचनाहरु निर्माणका लागी जग्गा दान गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । स्थानीय स्तरमा गाउँपालिका कार्यालय भवन, वडा कार्यालय भवन, विद्यालय भवन, स्वास्थ्य संस्थका भवन लगायतका सार्वजनिक संरचना र सार्वजनिक कार्यको लागी जग्गा दान गर्ने क्रम बढिरहेको छ ।
सामाजिक भावना बढ्दै गएको र सामाजिक कामको आफ्नो बहुमुल्य जग्गा सार्वजनिक हितका लागी दान गर्ने क्रम बढ्दै गईरहेको स्थानीय दिपक मिश्र बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा मात्र हैन सहरको बहुमूल्य ठाउँमा समेत सार्वजनिक कामको लागी स्थानीयहरुले आफ्नो जग्गा दान गर्ने गरेका छन ।