शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशमा दुधौली नगरपालिका प्रथम

शुक्रवार , फाल्गुण ५, २०७९

सिन्धुली – बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा सिन्धुलीको दुधौली जिल्लाको दुधौली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये दुधौली नगरपालिका पहिलो नम्बरमा देखिएका हो । दुधौली नगरपालिकाले ७४ दशमलव ४५ अंक प्राप्त गरेको छ ।

यता हरिहरपुरगढी गाउँपालिकाले ६७ दशमलव ३३ अंक, फिक्कल गाउँपालिकाले ६३ दशमलव ३४, कमलामाई नगरपालिकाले ६१ दशमलव ६०, घ्याङ्गलेख गाउँपालिकाले ५९ दशमलव १४, गोलन्जोर गाउँपालिको ५७ दशमलव ०७, मरिण गाउँपालिकाले ५६ दशमलव ४३,८३,सुनकोशी गाउँपालिकाले ४९ दशमलव ४३ र तिनपाट गाउँपालिकाले ४६ दशमलव ८३ प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्यांकनमा ७ सय ५३ ओटा स्थानीय तह मध्ये बाँकेको नैनापुर गाउँपालिकाले सबै भन्दा बढी ७८ दशमलव ५१ अंक ल्याएर देशकै पहिलो स्थानीय तह भएको छ ।

उल्लेखित कार्यसम्पादन मूल्यांकन गएको आर्थिक वर्ष २०७८/०७९ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताउनु भयो । प्रवक्ता पौडेलले भन्नुभयो, “प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याक्न गर्दै आएको छ ।

प्रतिक्रिया