शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नागरिक बडापत्र बारे जानकारी नहुँदा समस्यामा सिन्धुलीका सेवाग्राही

मंगलवार , फाल्गुण २, २०७९

सिन्धुली– नागरिकता बनाउनका लागि कुन कुन कागजात चाहिन्छ, अथवा राहदानी लिन के गर्नुपर्छ वा मालपोतमा जग्गा पास गर्दा के गर्ने भन्ने कुराको जानकारी नहुँदा र लिन नसक्दा सिन्धुलीका ग्रामीण क्षेत्रका सेवाग्राहीहरु सदरमुकाम आएर समस्या भोग्न बाध्य हुने गरेका छन ।

विभिन्न् सरकारी कार्यालयबाट प्रदान गरिने सेवा, प्रक्रिया र दस्तुर बारेमा जानकारी नहुँदा सदरमुकाम आएर सर्वसाधारणहरु रनभुल्लमा पर्ने गरेका हुन ।

एकीकृत नागरिक बडापत्र गाउँसम्म नहुँदा सरकारी काम लिएर आउने सर्वसाधारणले आफूले कुन कागजात पेस गर्ने र कसरी प्रक्रिया पूरा गर्ने भन्ने ज्ञानको अभाबमा धेरै दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन ।

एकीकृत नागरिक बडापत्र मार्फत गाउँगाउँ सम्म सरकारी कार्यालयहरुको सेवाको बारेमा सर्वसाधारलाई जानकारी गराउन आवश्यक रहेको सेवाग्राहीहरु बताउछन । कार्यालयहरुको सेवालाई प्रभावकारी र जनताको समस्यालाई अन्त्य गर्न नागरिक बडापत्र गाउँगाउँ र सर्वसाधारण जनताको हातहातमा पुर्‍याउन जरुरी रहेको नेकपा(एमाले)का जिल्ला अध्यक्ष कुमारबहादुरकार्की (रामकुमार) बताउनु हुन्छ । जिल्लामा अहिले नागरिक बडापत्र सरकारी कार्यालयमा मात्रै राख्ने गरिएको छ ।

गाउँगाउँबाट सर्वसाधारण कार्यालयमा पुगेपछि चाहिने कागजात, दस्तुर प्रक्रियाका बारेमा कुनै जानकारी नभई सदरमुकाम आउने र काम नभएपछि दुःख पाएर फर्कने गरेका छन् । धेरै दिनसम्म कागजात जुटाउनका लागि सदरमुकाममा ठूलो खर्च र हैरानी बेर्होनु पर्ने उनिहरुको बाध्यता रहेको छ ।

सबै सरकारी कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा गाउँमै जानकारी लिएर आउँदा सेवाग्राहीहरुको समय, झन्झट र खर्च बचत हुने भएकाले एकीकृत नागरिक बडापत्रको गाउँ गाउँ सम्म पुर्याउन जरुरी देखिन्छ ।

स्थानीय निकाय र वडा वडा सम्म नागरिक बडापत्र पु¥याउन सकेमा जनताले दुःख पाउने अवस्था नआउने र विभिनन् सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा समेत पारदर्शीता हुने स्थानीयहरु बताउछन ।

नागरिक बडापत्रको सन्दर्भमा स्थानीय सरकारसँग समन्यव गरेर नागरिकहरुलाई झन्झटबाट मुक्ति दिन जिल्ला प्रशासन कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

प्रतिक्रिया