सिन्धुली– नेकपा(माओवादी) ले २०५२ फाल्गुण १ गतेबाट सुरु गरेको शसस्त्र द्धन्द्धको क्रममा आफ्ना तीन छोरा गुमाएकी सुनकोशी गाउँपालिका ५ नांगेडाडाकी ८३ वर्षीय सिता दाहालको जनयूद्ध दिवसकै दिन सोमबार बिहान निधन भएको छ ।
युद्वको क्रममा मृतक सिता दाहालले आफ्ना तिन भाई छोराहरु मीनकुमार दाहाल, पवन दाहाल र देवीप्रसाद दाहाललाई तत्कालिन राज्यपक्षले हत्या गरेको थियो ।
तीनछोरा र तीनछोरीकी आमा सिताका छोराहरु यूद्धमोर्चामा रहेकै बखत मारिनु भएको हो ् । उहाँको जेठो छोरा मिनकुमार दाहाल वीरगंजमा, माइलो छोरा पबन दाहाल गाउँमै र कान्छो छोरा देवी दाहाल मरिण गाउँपालिकामा मारिनु भएको थियो ।
सुनकोशी–५ का बिनोद दाहालले आमाको मृत्यूलाई संयोग भन्दै, युद्धमा आफ्ना सबै छोरा गुमाएकी आमाको मृत्यूले जनयुद्धका योद्धाहरुलाई भावुक बनाएको बताउनुभयो । दाहालले जनयुद्धमा आफ्ना साहारा गुमाएका सिता आमा जस्तालाई पार्टी र राज्यले अझै केही गर्न नसकेको प्रति आक्रोश र गुनासो समेत ब्यक्त गर्नुभयो ।
काठमाडाँैको कंलकी स्थित कान्छी छोरी ममता दाहालको घरमा मृत्यू हुनुभएकी सिता दाहालको सोमबार नै पशुपति आर्यघाटमा दाहसस्कार गरिएको थियो । आमा प्रति श्रद्धाञ्जली दिन नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गोपी आछामी लगायत नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।