शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाईमा न्यायिक समितिको भूमिका विषयक अन्तरक्रिया

सोमवार , फाल्गुण १, २०७९

सिन्धुली – कमलामाई नगरपालिकामा न्याय सम्पादन कार्यमा न्यायिक समितिको भूमिका तथा उजुरी/ फिराद दर्ता प्रकृया र कार्यन्वयनमा देखिएको समस्या,चुनौती बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको अध्यक्षता, नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको विशिष्ठ आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाको न्यायिक समिति मार्फत गरिरहेको काममा चुनौती तथा समस्याको बिषयमा छलफल भएको थियो । नागरिकलाई न्यायिक समितिमा सहज पहुँच पुर्‍याउन के गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो ।

कार्यक्रमको श्रोत व्यक्तिको रुपमा सिन्धुली जिल्ला अदालतका श्रेस्तेदार भरत दाहालले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद दाहालले राख्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक किशोर ढुंगाना, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता अमृता देवकोटा, महिला सेलका प्रमुख, कमलामाई नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

डल कुशन बनाउने तालिम

यसैबिच, कमलामाई नगगरपालिका ५ मा संचालित नयाँ सहभागिहरुका लागि डल कुसन बनाउने १० दिने तालिमको आइतबार समापन गरिएको छ । कमलामाई नगरपालिकाको कार्यपालिका सदस्य जमुना श्रेष्ठको अध्यक्षता, नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता र उपप्रमुख मन्जु देवकोटाको बिशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।

कार्यक्रममा तालिममा सहभागि भएका १० जना महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । रोजगारीमा जोड दिइ महिलाहरुको आयआर्जनमा बृद्धि गराउने उदेश्यले तालिमको आयोजना गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले बताउनुभयो । उहाँका अनुसार तालिममा सहभागि महिलाहरुललाई सामुहिक रुपमा डल कुसन बनाउनको लागि २ वटा मेसिन समेत उपहार दिएकोे छ । नगर प्रमुख पोखरेलले नागरिकहरुको आयआर्जनका लागि बिभिन्न कार्यक्रम समावेस गरिएको उल्लेख गर्दै महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजार ब्यवस्थानका लागि समेत नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया