शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको खनियाखर्क शहरीकरण हुँदै

शनिवार , माघ २८, २०७९

सिन्धुली – सिन्धुलीको खनियाखर्क बिपी राजमार्गका कारणले शहरीकरण हुँदै जान थालेको छ । जिल्लाको विकासको मेरुदण्डको रुपमा निर्माण भएको वीपी राजमार्गका कारण खनियाखर्क ग्रामीण बस्ती आधुनिक शहरीकरण तर्फ उन्मुख हुन थालेका हो । जिल्लाको गोलन्जोर गाउँपालिकामा अवस्थित खनियाखर्क पछिल्लो समय सडक आसपासमा पर्ने जिल्लाकै नयाँ शहरी बस्तीको रुपमा विकसित हुन थालेको हो ।

ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी नजिकै महाभारत पहाडको कांखमा रहेको खनियाखर्कमा यात्रुहरुलाई लक्षित गरेर बजार समेत संचालन भएपछि स्थानीय कृषकहरुलानई गाउँघरमा उत्पादन गरेका कृषिजन्य सामग्रीहरुको बिक्री वितरण गर्न समेत सजिलो भएको छ ।

सडक बजारमा यात्रु ग्राहक र व्यापारीहरुको भीड नै लाग्ने गरेको छ । सस्तो र ताजा सामग्रीहरु पाइने भएकाले ग्राहकहरुको भीड लाग्ने गरेको व्यापारीहरुले बताएका छन् ।

राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ । पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्र ुनै जुनारको मुख्य ग्राहक हुन् । बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ । रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ ।

विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रिका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन्। खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । खनियखर्कमा हाल १०० देखि १३० रुपैया किलोसम्ममा जुनारको कारोबार भइरहेको छ ।

अत्यन्त चिसो जलवायु भएको स्थान खनियाखर्कमा केही वर्ष यता बसोबासका लागि घडेरीहरुको किनबेचमा समेत तीव्रता आएको स्थानीयवासीन्दाहरुले बताएका छन् ।

प्रतिक्रिया