सिन्धुली – सिन्धुलीमा लागुऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ ।
महिला अधिकारकर्मी अनिता देवकोटा विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जिल्ला भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ ।” पछिल्लो समय सिन्धुलीमा लागूऔषध दुर्व्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने देवकोटाले बताउनुभयो ।