सिन्धुली – सिन्धुली कलाघर टिम पोखरा पुगेको छ । पोखरामा पन्चेबाजा प्रतियोगिताको लागि कलाघर टिम पोखरा पुगेको हो ।

चापाकोट महोत्सवमा आयोजित खुल्ला पन्चेबाजा प्रतियोगितामा शुक्रबार सिन्धुली जिल्लाबाट कलाघर टिम सहभागी भएको थियो । विहिबार, शुक्रबार र शनिबार सम्म हुने प्रतियोगिताको अन्तिम परिणामको पर्खाइमा रहेको कलाघरटिमले जानकारी दिएको छ ।

प्रतियोगितामा सात समूह पुरुष सहभागि रहेका थिए । कलाघर टिमबाट मात्रै महिला समुहको सहभागिता रहेको थियो । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले कलाघर टिमलाई शुभकामना समेत दिनुभएको थियो ।