सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका २ को सामुहिक खेतिमा किसानले छुट्टाछुटै खेती गरेका छन् । सामुहिक खेति गर्नका लागि १ सय २१ जमिनलाई एकिकृत गर्दै सामुहिक प्रणालीबाट खेति गर्ने सम्झौता भएको थियो । सामुहिक खेतिका लागि प्रदेश र स्थानिय सरकारले ५ करोड बजेट नमुना कृषि सहकारी संस्था लिमिटेडलाई दिएको थियो । सहकारीले सो बजेटबाट सामुहिक खेतिका लागि कृषि सडक, नहर, भौतिक संरचना र कृषि सामाग्री खरिद गरेको बताएको छ ।
बजेट अनुसारको काम भने नभएको स्थानियले बताएका छन् । “सामुहिक खेतिको लागि ५ करोड लगानी भइसकेको छ । अहिले सहकारीले काम गर्न नसक्ने भन्दै नगरपालिकालाई जिम्मा लिन आग्रह गरिरहेको छ । कृषि सामाग्री सबै खिया लागि सकेको छ ,” एक स्थानियले भने । नाम मात्रको सामुहिक खेति भएको स्थानियले बताएका छन् । “सामुहिक खेती के भन्ने ? सबैले छुट्टाछुटै खती गरेका छन् ,” सोहि स्थानका एक स्थानियले भने । सामुहिक खेती गर्ने नाममा करोडौँ बजेट वालुवामा पानी हाले जस्तै भएको छ ।
कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सामाग्री समेत सबै विग्री सकेका छन् । चक्लाबन्दी प्रणालीबाट संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर हुन्छ भन्ने उदेश्य अनुसार सुरुवात खेती अहिले निल्नुन ओक्लनुभएको सहकारीले बताएको छ । सहकारी नै घाटामा गएको सहकारीका अध्यक्ष रुद्रदिप उपाध्ययले बताउनुभयो । उहाँका अनुसार सरकार परिर्वतन लगाएत पछिल्लो समय तीनै तहका सरकारले वेवास्ता गरेको कारण सामुहिक खेती सफल नभएको हो । हाल पोखरी सहित ५० विगा जमिनमा मात्रै किसानको समुह बनाई खेती भएको उहाँले बताउनुभयो । “अहिले पोखरी सहित झण्डै ५० विगा जमिनमा खेती भएको छ । त्यहाँ हामीले किसानको समुह बनाएका छौँ, सोहि समुह मार्फत खेति भइरहेको छ ,” उहाँले भन्नुभयो । सुरुवाती चरणमा अत्यन्तै उत्साहित बनेका किसान पनि पछिल्लो समय निरास भएका छन् ।
बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख लगानीमा प्रदेशमै पहिलो पटक थालिएको चक्लाबन्दी खेती अन्तर्गत बेमौसमी तरकारी, धान, मकै, गहुँ, दलहन र तेलहन लगाइने योजना बनाइएको थियो । प्रदेशले सहकारीमार्फत सामुहिक खेतीका लागि लगानी गरेको हो । खेतीका लागि स्थानिय सरकारले समेत करोडौको लगानी गरेको छ ।
नेपाल सरकारले कृषि उत्पादनमा एकल भन्दा सामुहिक खेतीले बढी फाईदा हुन्छ भन्दै देशका बिभिन्न स्थानहरुमा चक्ला बन्दीको अवधारणा ल्यायो थियो ।