शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुन हराएको भन्दै सिन्धुली प्रहरीमा निवेदन परेपछि...

बुधवार , माघ २५, २०७९

सिन्धुली– बुधबार बिहान गरगहना र पुराना नेपाली रुपैँया हराएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा फोन आयो । सिन्धुलीको कमलामाई ५ मिलनचोकफाँटका चन्द्र बहादुर सुनुवारले मंगलबार राती १२ बजे दराजमा राखेको सुनका गरगहना र नेपाली नगद हराएको भन्दै प्रहरीलाई खबर गरे । मंगलबार राती दराजभित्र राखिएको तीन तोला बढिको सुनको सिक्रि, एक थान चुरा, दुईवटा औँठी, एक थान पाटे मुन्द्रि, पुराना नगद तथा सिक्का र एक थान मोति जडित सुन नभेटिएपछि सुनुवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए ।

प्रहरीले घट्नास्थलको मुचुल्का उठाएर अनुसन्धान शुरु गरिसकेको थियो । अनुसन्धान गरिरहेको प्रहरीलाई पुनः निवेदकले सम्पर्क गरे । निवेदक सुनुवारले आफ्नो हजुरआमाले सुन अन्यत्रै राखिएको भन्दै फेला परेको प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रहरी निरिक्षक किशोर ढुंगानाले गरगहना र नगद हराएको भन्दै निवेदन परेको केहि समयपछि फेला परेको निवेदकले जानकारी दिएको बताउनुभयो ।

प्रतिक्रिया