काठमाडौँ - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । । उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले उनलाई नयाँ बानेश्चरबाट पक्राउ गरी बिहिवार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।