सिन्धुली– सिन्धुलीले पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा महिला पाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल प्युठानबाट सरुवा भई सिन्धुली आउनुभएको हो । अर्घखाँचीकी बासिन्दा प्रजिअ नेपालले २०६१ सालमा अधिकृतमा नाम लिकालेर सरकराी सेवामा प्रवेश गर्नुभएको थियो । प्रजिअ नेपालले सिन्धुली जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफूले विशेष प्राथमिकता दिने बताउनुभएको छ । विहिबार उद्योग वाणिज्य सँग सिन्धुलीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो । जिल्लामा दिनप्रतिदिन बढ्दै गएको बलात्कारको घटना न्यूनिकरणका लागि विषेश योजना बनाइ अगाडि बढ्ने उहाँको भनाइ छ । साथै महिला माथि हुने विभिन्न हिसांका घटना घट्न नदिन समेत योजना बनाइ अगाडि बढ्ने उहाँले बताउनुभयो ।
सह सचिव स्तरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेपाललाई प्युठानको प्रमुख रहदा नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो ।