शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुत्केरीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त

बिहिवार , माघ १९, २०७९

सिन्धुली– जिल्ला अस्पताल सिन्धुलीमा बुधबार दिउँसो एक सुत्केरी महिलाको मृत्युपछी आफन्त र स्थानियले विरोध प्रदर्शन गरेका छन् ।

चिकित्सकको लापरवाहीले मरिण गाउँपालिका ४, वासिङटारकी २९ वर्षिया सिता तामाङको मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि झण्डै आधा घण्टा आकस्मिक कक्ष परिसर तनावग्रस्त बनेको हो ।

कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि तामाङलाई जिल्ला अस्पताल सिन्धुलीमा रिफर गरिएको थियो । सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएपनि बच्चा (छोरी) सकुशलनै रहेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानले बताउनुभयो । सुत्केरी महिलाको मृत्युपछि आफन्त र स्थानियले अस्पतालमा जम्मा भएर होहल्ला गरेका थिए । अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेपछि प्रहरीले अस्पतालमा सुरक्षा दिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रधानका अनुसार मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’, मृतकको आफन्त र अस्पताल प्रशासनबिच जिल्ला प्रशासन कार्यालयमा छलफल भएपछि तामाङको शव उठाइएको छ । जिल्ला प्रशासनमा गाउँपालिका अध्यक्ष मुक्तानले मृतकको आफन्तलाई चिकित्सकको गल्ति नभई उच्च रक्तश्रावका कारण तामाङको मृत्यु भएको भनेर सम्झाईबुझाई गरेपछि मृतकका आफन्त शान्त भएका थिए । तामाङले सामान्य प्रसुतिबाट छोरी जन्माउनुभएको थियो । साथै, गाउँपालिकाले बच्चाको स्वास्थ्य बिमा निःशुल्क गरिदिने, बच्चाकोलागि आवश्यक खानपिन र स्वास्थ्य उपचारकालागि आर्थिक सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया