शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नगर युवा स्वरोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम

बुधवार , माघ १८, २०७९

सिन्धुली,– कमलामाई नगरपालिका वडा नं. ९ र १० मा नगर युवा स्वरोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उपलब्ध गराएको ऋण के कसरी प्रयोग भइरहेको छ र नागरिकले त्यस बाट कत्तिको आयश्रोत बढाएका छन् भन्ने उदेश्यले कार्यक्रमको आययोजना गरिएको हो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख मन्जु देवकोटाको बिशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो । नगरपालिकाले नगर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत नगरका बिभिन्न वडाका १ सय ४२ जना युवाहरुलाई १ लाख देखि ५ लाख सम्म बिना धितो बिना ब्याज ऋण उपलब्ध गराएको छ ।

कार्यक्रमको अवसरमा नगर प्रमुख पोख्रेलले नगरपालिकामा संचालित युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण लिएका नागरिकहरुले त्यसको सहि सदुपयोग गर्दै आयश्रोतमा बृद्धि हुने खालको काम गर्न आग्रह गर्नुभएको छ । नगरले भौतिक बिकास मात्रै नभइ नगरबासीको आय आर्जनमा समेत टेवा पुर्याउने उदेश्यले लगानी गरेकाले आयआर्जन हुने काम गर्न सुझाव दिनुभएको छ ।

स्थानीय श्रोतसाधनको प्ररिचालन गरि गरिबि न्युनिकरण गर्नको लागि नगरले लगानी गरेकाले त्यसलाई प्रभावकारीता कसरी बनाउन सकिन्छ भन्ने बिषयमा नगरपालिकाको उद्योग शाखाका कर्मचारीले अभिमुखीकरण गराएको उद्योग शाखा प्रमुख शुसिल कुमार बर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया