शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अनलाईनको काममा ठगि

बुधवार , माघ १८, २०७९

सिन्धुलीमा अनलाईनको काममा व्यापक ठगि हुने गरेको पाईएको छ । कम्युटर इन्स्टिच्युट देखि करदाता सेवा कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन लगायत सरकारी कार्यालयबाहिर सहजिकरणकालागि बसेका निजि पसलले सेवाग्राहीसँग अत्यन्तै बढि शुल्क लिने गरेको सेवाग्राहीको दुखेसो छ । कम्युटर इन्स्टिच्युटले मान्छे अनुसार शुल्क लिने गरेका छन् । गाम्रीण क्षेत्रका मानिसलाई चर्को शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ । यतिमात्र नभएर लोकसेवा कार्यालयको विज्ञापनकालागि आवेदन भरिदिए वापत व्यवसायीले एक हजार बढि शुल्क लिने गरेका छन् । जिल्लामा संचालित कम्युटर इन्स्टिच्युट र सरकारी कार्यालय बाहिर सहजिकरणकालागि बसेका संस्थाले सेवाग्राहीसँग ब्रहमलुटनै गरेको हुँदा जिल्ला प्रशासन लगायत जिम्मेवार निकायले अनुगमन गर्न आवश्यक छ । त्यसैगरि, कम्युटर इन्स्टिच्युटहरुको छाता संगठन कम्युटर एसोसिएसन नेपाल (क्यान), जिल्ला शाखा सिन्धुलीले पनि यस व्यवसायमा देखिएको विकृतिको अन्त्य गर्नतर्फ विशेष पहल गर्न जरुरी छ ।

मोबाइलमा गित हाल्ने देखि लोकसेवाकालागि अनलाइन फर्म दर्ता गरिदिएकोमा समेत कम्युटर इन्स्टिच्युटले सेवाग्राहीलाई चर्को शुल्क लिने गरेका छन् । मुख्यतः सरकारी कार्यालयबाहिर सहजिकरणकालागि बसेका निजि संस्थाले सेवाग्राहीलाई निर्मम भएर ठगि गरिरहेका छन् । करदाता सेवा कार्यालय बाहिर सेवा दिदैँ आएका संस्थाले फोटोकपि गरेकै २० रुपैँयासम्म लिने गरेको ग्रामीण क्षेत्रका सेवाग्राहीले दुखेसो व्यक्त गरेका छन् । यतिमात्र नभएर, उनीहरुले अनलाईन दर्ताको नाममा ब्रहमलुटनै मच्चाएका छन् । अतःअनलाईनको नाममा हुने ठगि धन्दा बन्द गर्न सम्बन्धित निकायले नियमनतर्फ जोड दिनुपर्छ ।

 

प्रतिक्रिया