शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिद्धेश्वरको अध्यक्षमा देवकोटा निर्वाचित, माओवादी क्लिन स्विप

सोमवार , माघ १६, २०७९

सिन्धुली– सिन्धुलीको कममालाई नगरपालिकाको ४,५,६ र ७ नम्बर वडालाई कार्यक्षेत्र बनाएर खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपोक्ता संस्थाकोे छैठौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । माघ १४ गते सम्पन्न चुनावबाट नेकपा एमालेको घनश्याम देवकोटा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्दि नेपाली कांग्रेसका सुरज मिश्र (शेखर) ले सात सय ८१ र लोक विक्रम थापाले चार सय एक मत प्राप्त गरेका छन् । नयाँ कमिटिमा नेकपा एमलेका पाँचजना, राप्रपाको एक र कांग्रेसका दुई सदस्य निर्वाचित भएका छन् भने माओवादी केन्द्र क्लिन स्विप भएको छ । माओवादी केन्द्रका चारजनाले सदस्यमा उम्मेद्वारी दिएका थिए ।

महिला सदस्यतर्फ नेकपा एमालेको शारदा ढकाल (१२८८ मत) र सुमना थापा (१०३६ मत) र नेपाली कांग्रेसकि चन्द्रकला खड्का (८९२ मत) निर्वाचित हुनुभएको छ । त्यसैगरि, खुला सदस्यतर्फ नेकपा एमालेका दशरथ कुमार थापा (९४८ मत) र इन्द्र बहादुर भुजेल (८९४ मत) निर्वाचित भएका छन् । सोहि प्यानलबाट राप्रपाका कपिल कुमार श्रेष्ठ (९०४) निर्वाचित हुनुभएको छ । नेपाली कांग्रसको लवदेव जोशी (७२५ मत) र स्वतन्त्रतर्फबाट विज्ञान ढकाल (७३२ मत) खुलासदस्यतर्फ निर्वाचित हुनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया