शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिद्धेश्वर चुनाव नतिजाः काँग्रेस र माओवादीको प्यानल कमजोर देखियो

सोमवार , माघ १६, २०७९

सिन्धुली– सिद्धेश्वर खानेपानी तथा सरसफाई उपोक्ता संस्थाकोे नयाँ नेतृत्व चयनकालागि आईतबार बिहान ११ बजेदेखि शुरु भएको मतगणना सोमबार बिहानसम्म पनि जारी छ । सोमबार बिहान छ बजे सम्मको ताजा मतपरिणाम अनुसार महिला सदस्यतर्फ नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट दुईजना र नेपाली काँग्रेस र माओवादीको प्यानलबाट एकजना निर्वाचित भएका छन् । नेकपा एमाले र राप्रपाकोतर्फबाट शारदा ढकालले अत्याधिक मतप्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँले एक हजार २८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सोहि प्यानलबाट सुमना थापाले एक हजार ३६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस र माओवादीको प्यानलबाट चन्द्रकला खड्काले आठ सय ९२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

पराजित उम्मेदवार डोर कुमारी थापाले आठ सय ६७ मत, करुणा थापाले आठ सय ५१ मत र दुर्गालक्ष्मी श्रेष्ठले आठ सय छ मत प्राप्त गर्नुभएको छ । ६२ मत बदर भएको निर्वाचन कमिटिले जनाएको छ ।

त्यसैगरि, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट खुला सदस्यतर्फ तीनजना विजयी भएका छन् । विजयी हुनेमा दशरथ कुमार थापाले ९४८, कपिल कुमार श्रेष्ठले ९०४ र इन्द्र बहादुर भुजेलले ८९४ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्रतर्फबाट विज्ञान ढकालले ७३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने काँग्रेस र माओवादीको प्यानबाट लवदेव जोशीले ७२५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

पराजित हुनेमा चन्द्र नाथ गौतमले ६९५, मकल बहादुर कार्कीले ६५५, निर्मल थापाले ६४५, अरुण कुमार उपाध्ययले ६३४, रामजि काफ्लेले ६२९, मिन बहादुर कार्कीले ६२५, दिगम्बर चौधरीले ५५९, बलराम अधिकारीले ४४८, यम बहादुर श्रेष्ठले ३४२, चन्द्र बहादुर कार्कीले २७७ र हेम बहादुर थापा ८९ मत प्राप्त गरेका छन् । खुला सदस्यतर्फ ९९ मत बदर भएको छ ।

हालसम्म, महिला र खुला सदस्यतर्फको मतगणना सम्पन्न भइसकेकोमा नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट पाँचजना, नेपाली काँग्रेुस र माओवादी प्यानबाट दुईजना र स्वतन्त्रबाट एकजना निर्वाचित भएका छन् । अध्यक्ष पदको मतगणना भइरहेको छ ।

प्रतिक्रिया