शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिद्धेश्वर चुनाव नतिजाः महिला सदस्यको मतगणना सम्पन्न

आइतवार , माघ १५, २०७९

सिन्धुली– सिद्धेश्वर खानेपानी तथा सरसफाई उपोक्ता संस्थाको नयाँ नेतृत्व चयनकालागि आईतबार बिहान ११ बजेदेखि मतगणना भइरहेको छ । साँझ साढे ६ बजेसम्मको ताजा मतपरिणाम अनुसार महिला सदस्यमा नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट दुईजना र नेपाली कांग्रेस र माओवादीको प्यानलबाट एकजना निर्वाचित भएका छन् । नेकपा एमाले र राप्रपाकोतर्फबाट शारदा ढकालले अत्याधिक मतप्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँले एक हजार २८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सोहि प्यानलबाट सुमना थापाले एक हजार ३६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस र माओवादीको प्यानलबाट चन्द्रकला खड्काले आठ सय ९२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

पराजित उम्मेदवार डोर कुमारी थापाले आठ सय ६७ मत, करुणा थापाले आठ सय ५१ मत र दुर्गालक्ष्मी श्रेष्ठले आठ सय छ मत प्राप्त गर्नुभएको छ । ६२ मत बदर भएको निर्वाचन कमिटिले जनाएको छ । अहिले खुला सदस्यतर्फको मतगणना भइरहेको छ ।

प्रतिक्रिया