सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको गुप्तेश्वर महादेव क्षेत्रमा मन्दिर निर्माणकालागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिदैँछ । भोजपुरको ऊँ कार शत्तिपिठ, मनकामना र संखुवासभाको श्रीहरि आध्यात्मिक गुरुकुल र सिन्धुलीको गुप्तेश्वर महादेव मन्दिर समितिको आयोजनामा आगामी फाल्गुन १० गते देखि १७ गतेसम्म महायज्ञ सप्ताह हुने गुप्तेश्वर महादेव मन्दिर समितिका सदस्य उदय स्याङतानले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख कथा बाचक बाल मुकुन्द (बविन)सहित राष्ट्रिय कलाकारले भजन किर्तन साथै झाक्री नृत्य प्रदर्शन गर्ने स्याङतानले बताउनुभयो ।

महायज्ञमा ११ लाख दिप प्रज्जवलन सहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिने हुँदा भक्तजनलाई उपस्थिति जनाउन आयोजकले आग्रह गरेको छ । सप्ताहको कार्यक्रममा जानकारी दिदैँ तामाङले भन्नुभयो, ‘फाल्गुन १० गते बिहान ८ बजे कलश यात्रा गरिने छ । संगितमय कथा वाचन ११ देखि १७ गते सम्म हुने र नृत्य पुन बिहान ६ बजे हुनेछ । ११ लाख दिप प्रज्जवलन गर्दै सप्ताह समापन गरिनेछ ।’
बाल मुकुन्द (बविन) को कविता मरिण खोला, क्लिक गरि पढ्नुहोस्