शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विपी राजमार्गको सिन्धुली–बर्दिबास खण्ड मर्मतमा लापर्वाही

बुधवार , माघ ११, २०७९

सिन्धुली – विपी राजमार्गको सिन्धुली–बर्दिबास मर्मत(आस्फाल्ट ओभर ले)को कार्यमा लापर्वाही र गुणस्तरहिन काम भएको गुनासो बढेको छ । राजमार्ग मर्मतका लागी ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सामा कन्ट्रक्सन प्रा.लि.विरगन्जले मर्मत कार्यमा लापरबाहि गर्दै गुणस्तरहिन काम गरेको स्थानीयबासी संजिब कार्कीले बताउनुभयो ।

सम्झौता अनुसार ५ सेन्टी थप पिच गर्नुपर्ने र गुणस्तरिय सामाग्रीको प्रयोग गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले लापरबाहि गर्दै ५ सेन्टी पिच थप नगरेको र गुणस्तरिय काम पनि नगरेको गुनासाहरु बारम्बार आउने गरको छ । माईस्थान मन्दिर देखी सिन्धुली बजार सम्मको कतिपय स्थानमा निर्माण कम्पनीले पिच थप गरेको २ दिन नपुग्दै सबै भत्कीएर गएको प्रष्ट देख्न सकिन्छ । भत्कीएको स्थानमा कम्पनीले गुणस्तरहिन सामाग्रीको प्रयोग गरिरहेको प्रष्ट भएपनि सम्बन्धीत निकायले ध्यान पुर्‍याउन सकेको अवस्था भने देखिदैन ।

सिन्धुली बर्दिबास सडक खण्ड ३७ किलोमिटर मध्ये २९ किलोमिटर मर्मत(आस्फाल्ट ओभर ले) को कार्य गरिरहेको निर्माण कम्पनीले १ वर्षमा कार्यसम्पनन गर्ने गरी बर्दिबास सिन्धुली धुलिखेल सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । बैशाख १ गते सम्म कार्य सम्पनन गर्नुपर्ने सम्झौता कम्पनीले आयोजनासँग गरेको छ ।

आयोजनाले भने मर्मत कार्यमा भएको लापरबाहिको बारेमा गुनासो आएपछि र मर्मतमा लापरबाहि भेटिएपछि ठेकेदार कम्पनीलाई गुणस्तरिय काम गराउन निर्देशन समेत गरेको जनाएको छ । आयोजनाको तर्फबाट कामको गुणस्तर जाँच गर्ने तथा गुणस्तरीय काम गराउन आफुहरु लागीरहेको आयोजनाका प्राविधिक रमेश आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कामको ल्याब टेष्ट गराउने काम भैरहेको छ यदि गुणस्तरहिन काम गरेको पाइएमा हामीले भुक्तानी नै रोक्छौं ।” सम्झौता अनुसार निर्माण कार्य सम्पनन गराएर बुझाएको १ वर्ष सम्म मेन्टीनेन्स समेत सम्बन्धीत कम्पनीले गर्नुपर्ने भएकाले कम्पनी सडक मर्मतमा लापरबाहि गरेर पन्छीन नसक्ने आचार्यले बताउनुभयो ।

निर्माणको गुणस्तर र लापरबाहिको बारेमा प्रतिक्रिया लिन निर्माण कम्पनीका इन्जिनीय अब्दुल रहमानसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

राज्यका विशिष्ट ब्यक्तिहरुको सवारी हुने राजमार्ग मर्मतमै भईरहेको लापरबाहिले सिंगो देशभरि भैरहेका निर्माण र मर्मतमा हुने लापरबाहिलाई चित्रित गरिरहेको स्थानीय बेदराज दाहाल बताउनु हुन्छ । निर्माणका क्षेत्रमा हुने अधिकांश काममा गुणस्तरहिन कार्य भैरहेको र लापरवाहि भैरहेको समाचार बारम्बार आउने गरेको भएपनि नियमनकारी निकायले खासै प्रभावकारी भुमीका निर्वाह गर्न नसकेको र कडाईपुर्वक नियमन र अनुगमन गर्न नसकेको दाहालले बताउनुभयो ।

प्राकृतिक प्रकोप, प्राविधिक समस्याका कारण हुने समस्या स्वभाविक भएपनि नियतबस हुने अनियमितता र लापरबाहिलाई राज्यले कडाईपुर्वक नियमन गर्नुपर्ने स्थानीयबासीहरु बताउछन ।

प्रतिक्रिया