सिन्धुली – सिन्धुलीमा प्रहरीले ६ महिनामा झण्डै डेढ सय फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतले फैसला गरेको तर फैसला कार्यन्वय नगरि फरार रहेका र अनुसन्धानको क्रममा फरार रहेका १ सय ३७ जना प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीका अनुसार गत साउन देखि पुष सम्म विभिन्न मुद्धामा अदालतले फैसला गरेको तर फैसला कार्यन्वय नगरि फरार रहेका ३३ जनालाई पक्राउ गरेको छ । साउन महिनामा ८ जना, भदौमा ९, असोजमा ५, कार्कितमा २, मंसिरमा ४, पुषमा ४ र माघको ८ गते सम्म १ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा रहेका १ सय ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साउनमा २८, भदौँमा १९, असोज १२, कार्तिकमा २२, मंसिरमा ७, पुषमा १० र माघको ८ गते सम्म ६ जना पक्राउ गरिएको प्रनाउ केसीले बताउनुभयो ।
आर्थिक वर्ष २०७८÷०७९ मा अदालतबाट फैसला भइसकेको तर फैसला कार्यन्वय नगरि १ सय ८० जना फरार रहेको प्रहरीले जनाएको छ । साथै चालु आर्थिक वर्षमा अनुसन्धानको क्रममा १४ जना फरार रहेका छन् ।
यस्तै जिल्ला अदालत सिन्धुलीले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको झण्डै साढे ३ करोड उठाउन बाकीँ रहेको छ । अदालतले ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैयाँ जरिवाना उठाउन बाकिँ रहेको हो । २०६५ साउन देखि २०७५ अषाढसम्म २७ हजार ८ सय २७, २०७५ साउन देखि २०७९ असार सम्म १३ लाख ९४ हजार ३ सय र चालु आर्थिक वर्षमा १ लाख ५९ हजार जरिवाना उठाएको छ ।
जिल्ला अदालत सिन्धुलीका स्रेतेदार भरत दाहालले वि.स २०४५ साउन देखि २०५५ असार सम्मको ११ लाख ९६ हजार ३ सय ४२ रुपैया ७६ पैसा जरिवाना रहेको थियो । वि.स २०५५ साउन देखि २०६५ असारसम्म १ लाख ५२ हजार २ सय ५ रुपैया ५ पैसा, वि.स २०६५ साउन देखि २०७५ असारसम्म ८८ लाख १८ हजार १ सय ४१ रुपैया २९ पैसा, वि. स २०७५ साउनदेखि २०७९ असार सम्म २ करोड ३३ लाख ५८ हजार ९ सय ५ रुपैया ५० पैसा जिम्मेवारी सरेर चालु आर्थिक वर्षको १ लाख ७८ हजार ७ सय २५ रुपैया नयाँ दण्ड जरिवाना भइ कुल ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैया जरिवाना रहेको थियो ।
गत आर्थिक वर्षमा अदालतमा ६ सय ७४ वटा मुद्दा दर्ता भएको थियो । ति मध्ये सरल मुद्धा ४ सय ३४, सामान्य मुद्धा २ सय ६ र विषेश मुद्धा २९ थिए । चालु आर्थिक वर्षमा ३ सय १ वटा नयाँ मुद्धा दर्ता भएका थिए । ति नयाँ मुद्धा मध्ये सरल ३ सय ३७ सामान्य ६३ रहेका छन् । जम्मा कुल ९ सय ७५ वटा मुद्धा दर्ता भएको छ । सो मध्ये १ सय ६३ वटा मुद्धा मात्र फछ्यौँट भएको छ । ८ सय १२ वटा मुद्धा फछ्यौँट गर्न बाकिँ रहेको स्रेतेदार दाहालले बताउनुभयो ।
जिल्ला सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका मात्रै १ सय ६८ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । दैनिक जसो सम्बन्ध विच्छेदको मुद्धा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।
यस्तै अदालत सजायँ फैसला सुनाएपछि सजायँ भुक्तान गर्नुको सट्टा फरार अभियुक्तबाट ७ सय ३२ वर्ष कैद सजायँ अशुल गर्न बाँकी रहेको छ ।