शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिद्धेश्वरको चुनावी मैदानमा कान्छा उम्मेद्वार

आइतवार , माघ ८, २०७९

सिन्धुलीको कमलामाई नगरपालिकाको चारवटा वडामा पानी आपूर्ति गर्दै आएको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनकालागि आगामी माघ १४ गते चुनाव हुदैँछ । ९ पदकालागि २५ जनाले उम्मद्वारी दिएका छन् । उक्त चुनावमा सदस्यमा उम्मद्वारी दिनुभएका विज्ञान ढकाल सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ । ३१ वर्षिया युवा उद्यमी ढकालले सामाजिक क्षेत्रमा जोडिनकालागि आफूले सिद्धेश्वर खानेपानी संस्थाको सदस्य पदमा उम्म्देवारी दिएको बताउनुहुन्छ । कमलामाई नगरपालिका ४, ढकालगाउँ निवासी ढकाल भन्नुहुन्छ, ‘युवाले सधैँ समस्या देखाएर नहुने रहेछ । आफैँ पदमा पुगेर बेथितिको अन्त्य गर्नतर्फ लाग्नुपर्छ भन्ने सोचले उम्मेदवारी दिएको छु ।’

सिद्धेश्वर खानेपानी संस्थाले उपभोक्तालाई सेवा दिएपनि लगानी अनुसारको काम हुन नसकेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘प्रदेश, केन्द्र देखि स्थानिय तह र एसियालि बैंकले समेत स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर सिन्धुलीमा करोडौँ बजेट निकासा गरेको छ । विज्ञताको कमिले होस् वा अन्य केहि कारणले उपभोक्ताहरु सिद्धेश्वरको सेवाबाट पूर्ण रुपमा सन्तुष्ट हुने सकेका छैनन् ।’ स्वतन्त्र उम्मेदवार ढकालले सिद्धेश्वर खानेपानी संस्थामा गैरराजनितिक व्यक्ति पदमा पुगे त्यहाँ भित्रको बेथितिको भण्डाफोर हुने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धेश्वरलाई पारदर्शी, सुशासनयुक्त, उपभोक्ताप्रति जिम्मेवार बनाउन र उपभोक्तालाई बृहत सेवा उपलब्ध गराउन मेरो उम्मेद्वारी हो ।’

उहाँले आफू निर्वाचित भए पाइपलाईन विस्तार, नियमित स्वच्छ पानीको आपूर्ति, मुहानको खोजी, बजेटको सदुपयोग लगायत उपभोक्ताको सन्तुष्टिकालागि आफूले काम गर्ने बताउनुभयो । जनज्योति उच्च माध्यमिक विद्यालय, फोश्रेटारको पुर्व सह प्रध्यापक सरोज प्रसाद ढकालको पुत्र विज्ञानले आफू बुवाबाट प्रभावित भएर सामाजिक सेवामा लाग्न प्रेरित भएकोे बताउनुभयो । उहाँको हवाई जहाज (प्लेन) चुनाव चिन्ह रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया