सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ मा १ दिने कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागमति प्रदेश सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका र वडा नम्बर ९ को सहजीकरणमा १ दिने कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालन हुन लागेको हो ।
खोप कार्यक्रम आज बिहिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वडा नम्बर ९ को पशु सेवा केन्द्र बचानचौडीमा संचालन हुने छ । सामुदायिक कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि निःशुल्क कुकुर बन्ध्याकरण कार्यक्रम गरिनेभएको भेटेरिनरी सिन्धुलीले जनाएको छ । साथै कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप अभियान सुरु गरेको हो ।
रेबिज के हो ?
रेबिज एक प्राणघातक सरुवा रोग हो । यो भाइरसको कारणले हुन्छ । यस भाइरसले मान्छेको स्नायू प्रणाली र मस्तिस्कमा असर गर्दछ । यो रोगको लक्षण कुनै पनि जनावर या मान्छेमा देखा परेमा यसको उपचार हुन सक्दैन तर, समयमा रेबिज विरुद्धको खोप लगाएमा बच्न भने सकिन्छ ।
रेबिज रोग कसरी सर्छ ?
कुनै पनि स्तानधारी प्राणी या सामुदायिक कुकुर, बिरालो, या जंगली जनावरहरुले टोकेमा । बहुलाएको जनावरको ¥याल चोटपटक लागेको ठाउँ या आलो घाउमा पर्न गएमा । रेबिज लागेका जनावरहरुलाई जबरजस्ती मुख खोलेर औषधी खुवाउँदा र जाँच्दा चोटपटक लागेको भागमा जनावरको ¥याल लट्पटिन पुगेमा । रेबिज रोग लागि विरामी पा असक्त भई लडेको जनावर या चमेरा छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको ठाउँमा ¥याल लाग्न पुगेमा । रेबिज रोग लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल गिदि लसपस हुँदा । रेबिज रोग लागेर मरेको मान्छेको नेत्र दान गर्दा ।
रेबिज रोगको रोकथाम कसरी गर्ने ?
घर पालुवा लगाएत टोलमा भएका सम्पूर्ण कुकुरहरु र बिरालोलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउनु पर्छ । यसले कुकुर र बिरालोलाई रेबिजबाट सुरक्षित राख्छ र मानिसलाई रेबिज सार्न सक्दैन । कुकुरको संख्या कम गर्न बन्ध्याकरण गर्नुपर्छ । यसले गर्दा कुकुरको टोकाई र रेबिजको जोखि कम हुन्छ ।