सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७९/८० अन्तर्गत वडा नम्बर १,२,३ र ४ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालका अनुसार सामाजिक सुरक्षा भत्ता बुधबारबाट वडा नम्बर ३ मा वितरण गर्न सुरु गरिएको छ । सिद्धार्थ बैँक गोलन्जोर शाखाबाट बिहिबार र शुक्रबार पनि सोहि वडामा वितरण गरिने छ ।
साथै, माघ ९ गते देखि ११ गतेसम्म वडा नम्बर २ मा, माघ १२ देखि १५ गतेसम्म वडा नम्बर १ मा र १६ गतेदखि १९ गतेसम्म वडा नम्बर ४ मा भत्ता वितरण गरिने छ ।