शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हरिहरपुरगढीमा रसायनिक मल कारखाना निर्माणको काम अगाडि बढ्यो

बुधवार , माघ ४, २०७९

सिन्धुली – हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना निर्माणको काम अगाडि बढेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ मा मल कारखाना निर्माण हुनेभएको हो ।

रसायनीक मल कारखानाको निर्माण कार्य अगाडि बढाउन मंगलबार हरिहरपुरगढी गाउँपालिकाको कार्यालयमा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा, प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल ,सिन्धुली नापी कार्यालयका प्रमुख सरोज श्रेष्ठ लगायत स्थानिय प्रतिनिधि विच छलफल भएको छ ।

छलफलमा निर्वतमान मुख्यमन्त्री पाण्डेले रसायनिक मल उधोग संचालनको लागि आवश्यक सम्पुर्ण कागजी प्रकिया पुरा गर्न तत्काल प्रकिया अघि बढाउन सुझाव दिनुभएको छ । साथै निर्वतमान मुख्यमन्त्री पाण्डेले रसायनिक मल कारखाना निर्माण हुने स्थल वडा न.३ मा स्थलगत अनुगमन समेत गर्नुभएको छ ।

यस अघि रसायनिक मल कारखाना संचालनका लागि थाइल्याण्डको महाचाड ईन्टरनेशनल कम्पनी र हरिहरपुरगढी गाउँपालिका बिच सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा र थाइल्याण्डको महाचाड इन्टरनेशनल कम्पनीको प्रतिनिधि निर्देशक प्लोइथोङलोम्पेच थमाचोटमोेङखोल ले हस्ताक्षर गर्नु भएको थियो ।

प्रतिक्रिया