शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाई मन्दिर प्रबद्र्वनका लागी नगरको बिशेष योजना

सोमवार , माघ २, २०७९

सिन्धुली – कमलामाई नगर क्षेत्रको विशेष धार्मिक स्थलको रुपमा रहेको कमलामाई मन्दिरको संरक्षण र प्रबद्र्धनका लागी नगरले विशेष योजना निर्माण गरेको छ ।

अघिल्लो स्थानीय सरकारको पालामा कमलामाई उत्पति भएको स्थान कमलामाई शिरलाई ब्यस्थित गर्न मन्दिर, पार्क तथा पोखरी निर्माण लगायतका कार्यहरु सम्पन्न् गरि प्रबद्र्धनको काम गरेको छ भने समाजसेवी उज्जलविक्रम थापाले ब्यक्तिगत सहयोगको लाइटिङ्गको ब्यवस्थापन गर्नुभएको थियो जस्का कारण रातको समयमा वीपी राजमार्गबाट मन्दिरलाई प्रष्ट देख्न सकिन्थ्यो ।

त्यस्तै पछिल्लो स्थानीय सरकारकारले पनि कमलामाई मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटनको रुपमा विकास गर्न विशेष महत्वका साथ योजनाहरु अगाडि बढाएको जनाएको छ । कमलामाई मन्दिर क्षेत्रमा जलाशय निर्माण गर्ने, जंगल क्षेत्रमा धार्मिक बृक्षहरुको रोपण गर्ने, धर्मशाला निर्माण गर्ने साथै कमलामाई मन्दिरमा चढाइएका ऐतिहासीक बस्तुहरुलाई संरक्षण गर्दै कमलामाई मन्दिर क्षेत्रमै संग्राहालयको निर्माण गर्ने लक्ष्यका साथ कमलामाई नगरपालिकाले काम गरिरहेको नगरपालिकाका बरिष्ठ अधिकृत सागरकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया