सिन्धुली – सिन्धुलीमा ट्रकको ठक्करबाट २० वर्षिय युवकको मृत्यु भएको छ । विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ८ हर्दियामा ट्रकको ठक्करबाट स्थानिय पैदल यात्री २० वर्षिय अमित परियारको मृत्यु भएको हो ।
सिन्धुलीबाट बर्दिबास जादै गरेको मधेश प्रदेश ०४–०१ ख–०११५ को ट्रकले शनिबार राती साढे ११ बजेको समयमा पैदलयात्री परियारलाई ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भिर घाइते भएका परियारको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल रिफर गरिएको थियो ।उपचारत परियारको आइतबार विहान साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक प्रबक्ता हरि कृष्ण केसीले जानकारी दिनुभयो ।