सिन्धुली, – शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले आफुहरु अहोरात्र खटेर उपभोक्ताहरुलाई पानि खुवाईरहेको बताउनुभयो ।
आन्तरिक हिसाबले संस्थालाई सुदृढ बनाउने देखी उपभोक्ताहरुलाई खानेपानीको सहज पहुँच पुर्याउने विषयमा आफुहरुले जिम्मेवार भएर भुमीका निर्वाह गरेको उहाँको दाबी रहेको छ । निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहनुभएका श्रेष्ठले पुराना आयोजनाहरुको सुदृढीकरण तथा नयाँ आयोजनाहरु सम्पन्न् गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।
आफु अध्यक्ष भएको कार्यकालमा नेपाल सरकार, नगर बिकास कोष र उपभोक्ता समितिको तर्फबाट ८ करोड, ९७ लख ९३ हजार ४४१ रुपैयाँको निर्माण कार्य सम्पन्न् भएको श्रेष्ठले बताउनुभयो । उक्त रकमबाट उपभोक्ताहरुलाई खानेपानीको सहज पहुँच पुर्याउन खानेपानिको २ वटा मुहान थप गरि प्रति लिटर ४१ लिटर पानि थप गरिएको तथा मुहान र ट्यांकीहरुको निर्माण गरिएको जनाइएको छ ।
खानेपानीमा भईरहेको ८० प्रतिशत चुहावटलाई रोक्दै २० प्रतिशतमा झारेको, भौगोलिक एकरुपता नभएको दर्जनौं ठाउँहरुमा च्याम्बर निर्माण गरि खानेपानी समाज ढंगले सहज आपूर्ति गर्ने देखी पुराना आयोजनाहरुको मर्मत र नयाँ आयोजनाहरुको विस्तार जस्ता महत्वपूर्ण काम गरि उपभोक्ताहरुलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्ने काममा अहोरात्र क्रियाशिल रहेको अध्यक्ष श्रेष्ठले बताए । उपभोक्ता संस्थामा रहेर दुई कार्यकाल नेतृत्व गरेका श्रेष्ठ र उहाँको कार्यसमिति सफल रहेको उहाँले दाबी गर्नुभयो ।
४ करोड ऋणमा खानेपानी संस्था
कमलामाई नगरबासीलाई साना तथा विकसीत हुँदै गएको सहरहरुमा गुणस्तर युक्त खानेपानी तथा सरसफाई कार्यक्रमको लागी सन २८ डिसेम्बर २००० मा नेपाल सरकार र एसियाली विकास वैंक बीच साना सहरी खानेपानी तथा सरसफाई कार्यक्रमको लागी ऋण सम्झौता भई नेपाल सररकारको तर्फबाट अर्थ मन्त्रालय र नगर विकास कोष बीच २०६७ मा भएको सम्झौता अनुरुप शिद्धेश्वर खानेपानी संस्थाले खानेपानी आयोजनालाई अगाडि बढाएको थियो ।
उक्त आयोजना अन्र्तगत नेपाल सरकारको ५० प्रतिशत अनुदान, उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशत धरौटी, एसियाली विकास बैंकको ३० प्रतिशत ऋण संस्थाको १५ प्रतिशत श्रमदान सहित ९ करोड ९२ लाख ८५ हजार ६ सय ४६ रकम बराबरको कार्य सम्पन्न् भएको थियो ।
उक्त आयोजना सम्पन्न् गर्ने क्रममा तत्कालिन शिद्धेश्वर उपभोक्ता संस्थाका अध्यक्ष डम्बर बहादुर खड्काको कार्यकालमा लिइएको एसियाली विकास बैंकको ३० प्रतिशत ऋण २ करोड ९७ लाख ८५ हजार ६९३ रुपैयाँ अझ सम्म चुक्ता गर्न सकेको अवस्था छैन भने । अध्यक्ष महेन्द्रदेव श्रेष्ठको कार्यकाल सञ्चालन भएको कुल ८ करोड, ९७ लख ९३ हजार ४४१ मध्ये नगर बिकास कोषबाट लिइएको १ करोड ८९ लाख ३५ हजार ६ सय १५ रुपैयाँ ऋण समेत तिर्न सकेको अवस्था छैन । अध्यक्ष महेन्द्रदेव श्रेष्ठले आफ्नो कार्यकालमा उपभोक्ताहरुले बुझाएको शुल्क संकलन गरि नगर विकास कोषलाई १ करोड ३ लाख ५० हजार ऋण तिर्न सफल भएका छन । भने हाल कुल ऋण रकम ६ करोड १७ लाख ७४ हजार २१७ रुपैयाँ मध्ये ४ करोड ८१ लाख ३२ हजार ९३६ रुपैयाँ रकम नगरविकास कोषलाई चुक्ता गर्न नै बाँकी रहेको छ ।
शिद्वेश्वर खानेपानिले हालसम्म कमलामाई–४,५,६ र ७ मा ३४७० धारा जडान गरेको छ भने खानेपानिको थप श्रोतको ब्यवस्थापन गर्दै ४ बर्षमा थप ३००० धारा बिस्तार गर्ने जनाएको छ ।
कमलामाईमा खानेपानीका लागी प्रदेश सरकारको २१ करोड लगानी
नेपालको संविधानले स्वच्छ तथा गुणस्तरिय खानेपानी तथा सरसफाईको सुविधालाई नागरिकहरुको मौलिक अधिकारको रुपमा उल्लेख गरेको छ । खानेपानी तथा सरसफाई सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७९ ले नागरिकहरुको स्वच्छ खानेपानीमा सहि र सुलभ पहुँचको अधिकारलाई ग्यारेन्टी गरेको छ । सिन्धुलीको कमलामाई नगरक्षेत्रका उपभोक्ताहरुलाई स्वच्छ खानेपानीको ब्यवस्थापन गर्न बागमति प्रदेश सरकारले २१ करोड भन्दा बढी रकम लगानी गरेको छ ।
डोरमणि पौडेल मुख्यमबन्त्री भएको समयमा प्राप्त उक्त बजेट मार्फत कमलामाई नगरपालिका–७ गडौली मेघ दह ठुलिटार र कमलामाई–४ मिलनचोक भुमिडाडाँमा खानेपानी ट्याङकी लगायतको संरचना निर्माण भईरहेको छ । कमलामाई–७ मा आयोजनाको ८० प्रतिशत काम सम्पन्न् भैसकेको छ भने कमलामाई–४ मा निर्माण कम्पनीको ढिला सुस्तीका कारण ३० प्रतिशत मात्र काम सम्पन्न् भएको छ । उक्त योजना सम्पन्सँगै नगरपालिका क्षेत्रका वडा नं.७ र वडा नं.४ का उपभोक्ताहरुलाई सुद्ध खानेपानीको उपलब्धता हुनेछ ।
नेतृत्वका लागी होडबाजी
शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको छैटौं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदका लागी आ–आफ्नो दलहरुबाट उम्मेदवार हुने होडबाजी चलेको छ । अधिवेशनमा नयाँ नेतृत्वका लागी नेपाली काँग्रेसबाट बिनेश श्रेष्ठ, शेखर मिश्रको नाम चर्चामा रहेको छ भने नेकपा(एमाले)का तर्फबाट अध्यक्ष पदका लागी प्रल्हाद पोखरेल, हरि अधिकारी, प्रदेश्वर बर्मा र घनश्याम देवकोटाको नाम चर्चामा रहेको छ । सर्वसम्बतको प्रयास भईरहेको भएपनि अन्तिममा निर्वाचनमै पुग्ने अवस्था देखिएको छ ।
नेकपा(माओवादी केन्द्र)ले नेपाली काँग्रेसलाई नेतृत्व प्रदान गर्ने प्रस्ताब राखेसँगै सहमति जुट्ने संभावना कमजोर बन्दै गएको बताइएको छ । माओवादी र काँग्रेसको गठबन्धन हुने र नेकपा(एमाले) एक्लै चुनाब लड्ने अवस्थाको सिर्जना हुन सक्ने संकेत देखिएको छ ।
खानेपानीको सन्तुलित बितरण हुन सकेन : दिपक मिश्र
शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाका उपभोक्ता कमलामाई नगरपालिका–६ का दिपक मिश्रले संस्थाले सवै उपभोक्ताहरुलाई सुन्तुलित ढंगले खानेपानीको बितरण गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तिर हप्तामा २ पटक मात्र पानी आउँछ तर बजार क्षेत्रमा नियमित जान्छ । उपभोक्ता सवै क्षेत्रका बराबरी नै हुन तर संस्थाले विभेद गरिरहेको छ । स्वच्छ गुणस्तरको पानि खान पाउनुपर्ने उपभोक्ताहरुको अधिकार पुरा हुन सकेको अवस्था छैन ।”
शिद्धेश्वर खानेपानी उपभोक्ता संस्था नगरबासीहरुलाई सुद्ध खानेपानी खुवाउने संस्था भएकाले आउँदा दिनमा उपभोक्ताहरुको समस्यालाई बुझ्दै पारदर्शि ढंगले संस्थालाई नेतृत्व गर्न सक्ने क्षमता भएको नेतृत्व आउन जरुरी रहेको मिश्रले बताउनु भयो ।