सिन्धुली– सिन्धुलीस्थित विपी राजमार्गमा बिहिबार राती ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका ७ फिटिङ फुल नजिकै बालुवा लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा २४ वर्षिया राम भनिने तुला बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका ७ रामपुर बस्ने बस्नेतले चलाएको ट्रयाक्टर अन्दाजि एक सय मिटर तल खसेको नायव उपरिक्षक केसीले बताउनुभयो । चालक बस्नेतलाई उपचारकालागि सिन्धुली अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
ट्रयाक्टरमा सवार कमलामाई नगरपालिका ५ राजपानि बस्ने १४ वर्षिया उमेश गिरि सामान्य घाईते भएको नायव उपरिक्ष केसीले बताउनुभयो । उनको सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।