शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा गाँजा सहित दुइ जना पक्राउ

शुक्रवार , पौष २९, २०७९

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजा सहित दुइ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषध गाजा सहित दूइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यहि पुष २७ गते इलाका प्रहरी कार्यालय डकाहा र इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले दुधौली नगरपालिका ५ तलखा पुलमुनि बसिरहेको दुधौली नगरपालिका १० का ४२ वर्षिय हर्क बहादुर तामाङको हरियो रङगको झोला चेकजाँच गर्दा उक्त झोला भित्र अन्दाजी ५ के.जी. गाँजा फेला परेको थियो । गाँजा सहित तामाङ नियन्त्रणमा लिई जिल्ला सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटि गएको टोलीले घ्याङलेख गाउँपालिका वडा नं.२ चालिसे बगर का ४० वर्षिय धन कुमार वाईबाको घरमा लुकाई छिपाई राखिएको अबस्थामा आठ सय सत्ताईस ग्राम लागु औषध गाँजा फेला पारेको थियो । गाँजा सहित वाइबालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया