शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आज पत्रकार महासंघ सिन्धुलीको १६ औँ साधारण सभा

बिहिवार , पौष २८, २०७९

सिन्धुली – नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको १६ औँ साधारण सभा हुने भएको छ । आज मरिण गाउँपालिका ५ पंचकन्या पोखरी क्षेत्रमा महासंघको साधारण सभा हुनेभएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा १६ औँ साधारण सभा हुने पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले जानकारी दिएको छ । साधारण सभामा जिल्लाका सम्पूर्ण पत्रकार तथा मिडिया हाउसमा कार्यरत संचारकर्मीलाई उपस्थितिको लागि आग्रह समेत गरिएको । कार्यक्रम विहान ९ बजे सुरु हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया