सिन्धुली– काठमाडौँको ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा प्रहरीले सिन्धुलीका एकजना सहित छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल सहित धादिङको निलकण्ठ नगरपालिका–२ घर भएका २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै पञ्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुले शुक्रबार साँझको समयमा डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यका लागि केटी मिलाइदिने भनेर सर्वसाधरणलाई दुःख हैरानी दिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताउनुभयो । आरोपीहरुलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखेर अनुसन्धान भइरहेकोे छ ।