सिन्धुली – मालपोत कार्यालय सिन्धुलीको दुइ दिन सेवा बन्द हुने भएको छ । २ दिन कार्यालयको आन्तरिक प्रशासनिक कामकाज बाहेक राजश्व लिएर गरिने सम्पूर्ण सेवा प्रवाह बन्द हुने कार्यालयले एक सुचनामार्फत जानकारी गराएको हो ।

कार्यालयमा राजश्व संकलन सम्बन्धी काउण्टर सञ्चालन गरी रहेको प्रभु बैंक लि. सिन्धुली शाखाको चलानी नं. १२१ शुक्रबार प्राप्त पत्रानुसार प्रभु बैंक लि. र सेञ्चुरी कमर्सियल बैंक लि. एक आपसमा गाभिने प्रक्रियामा रहेकोले दुवै बैंकको डाटा माइग्रेसन गर्ने प्रयोजनार्थ पुष २४ र २५ गते २ दिन बैंकिंङ सेवा बन्द हुने भएकाले दुइ दिन कार्यालयको आन्तरिक प्रशासनिक कामकाज बाहेक राजश्व लिएर गरिने सम्पूर्ण सेवा प्रवाह बन्द हुनेभएको हो । मंगलबारका दिन देखि सम्पूर्ण सेवा प्रवाह सूचारु गरिने कार्यालयले जानकारी गराएको छ ।