सिन्धुली – मरिण गाउँपालिकाले गाउँपालिका क्षेत्रका व्यवसायीलाई डसविन व्यवस्थापन गर्न आग्रह गरेको छ । व्यवसाय संचालन गर्ने क्रममा निस्केको फोहोर मैला व्यवस्थापनको लागि अनिवार्य रूपमा डसविनको व्यवस्थापन गर्ने गाउँपालिकाले एक सुचना मार्फत सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको हो ।
“मरिण गाउँपालिकाको गाउँपालिका स्तरीय फोहोरमैला व्यवस्थापन समितिको मिति २०७१ /०८/२० गतेको निर्णयानुसार गाउँपालिका क्षेत्र भित्र विभिन्न व्यवसाय संचालन गर्ने व्यवसायीहरूले व्यवसाय संचालन गर्ने क्रममा निस्केको फोहोर मैला व्यवस्थापनको लागि अनिवार्य रूपमा डसविनको व्यवस्थापन गर्ने एवं गर्न लगाउने निर्णय भए वमोजिम व्यवसायीहरूले यथाशीघ्र डसविनको व्यवस्थापन गरि स्वच्छ र सरसफाईयुक्त मरिण गाउँपालिका बनाउन सहयोगको लागि हार्दिक अनुरोध छ ,” सुचनामा भनिएको छ । संकलित फोहोर मैला गाउँ कार्यपालिकाको कार्यालयको कार्यतालिका अनुसार वडाको फोहोर उठाउने दिन उठाईने समेत सुचना मार्फत जानकारी गराइएको छ ।