शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाईमा केहि दिन मै फ्रि वाइफाइ चल्छ : नगरप्रमुख पोखरेल

शनिवार , पौष २३, २०७९

सिन्धुली – कमलामाई नगरपालिकाले जडान गरेको फ्रि वाइफाइ चल्ने नगरप्रमुख उपेन्द्र पोखरेलले बताउनुभएको छ । दुई वर्ष देखि बन्द रहेको वाइफाइ तत्काल संचालनमा आउने नगरप्रमुख पोखरेलले बताउनुभएको हो ।

तीन वर्ष अगाडि कमलामाई नगरपालिकाले सिन्धुली अस्पताल र बसपार्क क्षेत्रमा फ्रि वाइफाइ जडान गरेको थियो । साढे दुइ लाख लागतमा जडान गरेको वाइफाइ नविकरण नभएको कारण बन्द थियो । तत्काल फ्रि वाइफाइको नविकरण गरेर संचालनमा ल्याउने नगरप्रमुख पोखरेलले प्रतिवद्धता गर्नुभएको छ । दुइ वर्ष देखि फ्रि वाइफाइ बन्द रहेको विषय भर्खर मात्रै जानकारी भएको उहाँ बताउनुहुन्छ । “नगरपालिकाको साना योजनाका बारे मलाई कर्मचारीले पनि जानकारी गराउँदैनन् । म नगरमा भर्खर निर्वाचित भएर आएको हुँ । नवनिर्वाचत भएका कारण नगरका यस्ता साना योजना मलाई जानकारी छैन । बार्षिक बजेट बनाउने समयमा पनि यस्ता योजनाको बारे कर्मचारीले जानकारी गराउँदैनन् । तपाइको मिडियाले भने पछि मात्रै भर्खर मात्रै मैले यो जानकारी पाए । अब केहि दिनमा तत्काल फ्रि वाइफाइ संचालनमा आउने छ ,” उहाँले भन्नुभयो ।

सूचना र संचारको युगमा इन्टरनेन्टको माध्यमबाट नागरिकले सहज तरिकाबाट विश्वको घटना जानकारी लिन सक्ने उहाँले बताउनुभयो । बस पार्क र अस्पताल क्षेत्रमा मानिसको चहलपहल बढी हुनेभएकाले फ्रि वाइफाइको प्रयोग हुने उहाँको भनाइ छ । नागरिकलाई प्रविधिसँग जोड्न फ्रि वाइफाइ संचालनमा ल्याउने उहाँले बताउनुहुन्छ । “अहिलेको युग भनेको प्रविधिको युग हो, नागरिकले सहज तरिकाले इन्टनेटको माध्यमबाट विश्वको सम्पूर्ण घटना जानकारी लिन सक्छन् । बसपार्कमा गाडि कुरेर बस्ने नागरिक र अस्पतालमा विरामी कुरेर बसेका नागरिकले इन्टरनेटबाट हरेक विषयको जानकारी लिन सक्छन् । खाली समयमा इन्टरनेटबाट विभिन्न ज्ञान लिन सक्छन् ,” उहाँले भन्नुभयो । नगरप्रमुख पोखरेलले तत्काल फ्रि वाइफाइको नविकरण गर्न कर्मचारीलाई निर्देशन दिसक्नु भएको छ । नगरपालिकाले फ्रि वाइफाइको वार्षिक १ लाख ३५ हजार तिरेर नविकरण गर्नुपर्ने छ ।

साथै उहाँले नगरपालिकाले जडान गरेको सोलारको समेत अनुगमन गर्ने बताउनुभयो । “मैले सुने अनुसार यहाँको सोलार विद्युतीय बत्ति हुदाँ मात्रै बल्ने, बत्ति गएपछि सोलार पनि बन्द हुन्छ रे, यसको अनुगमन गरि तत्कार मर्मत गर्ने काम अगाडि बढाउने छु ,” उहाँले भन्नुभयो । कमलामाई नगरपालिकाले ५ करोड लागतमा सोलार र सिसिक्यामेरा जडान गरेको थियो ।

प्रतिक्रिया