सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा झण्डै सात सय जनालाई निशुल्क अण्डा वितरण गरिएको छ । पुष ११ गतेदेखि १७ गतेसम्म सात दिनसम्म सप्ताहव्यापी रुपमा मनाईएको पोल्ट्री दिवसमा छ सय ६० जनालाई निुशल्क अण्डा वितरण गरिएको हो ।
गत आइतबार सिन्धुलीमा विभिन्न कार्यक्रम गरेर दशौँ राष्ट्रिय पोल्ट्री दिवस समापन भएको छ । पुष ११ गते देखि सुरु भएको दशौँ राष्ट्रिय पोल्ट्री दिवस आइतबार समापन भएको हो । जिल्लामा पोल्ट्री दिवसको अवसरमा विभिन्न कार्यक्रम संचालन गरेको भेटेनेरी तथा पशु विकास केन्द्र सिन्धुलीका निमित्त प्रमुख जगनाथ राउतले बताउनुभयो । उहाँका अनुसार दिवसको दिन पुष ११ गते जिल्लाका विभिन्न मिडियाबाट पोल्ट्री व्यवसाय सम्बन्धी जनचेतनामूलक सुचना प्रसारण तथा प्रकाशन गरेको हो । मिडिया मार्फत पोल्ट्री व्यवसाय कसरी गर्ने ? केकस्ता फाइदा लगाएत जानकारी दिएको निमित्त प्रमुख राउतले बताउनुभयो । पुष १२ गते कमलामाई नगरपालिका ७ को नव ज्योति बहिरा माध्यमिक विद्यालयमा विद्यार्थीलाई अण्डा, ब्रेड र दुध वितरण गरिएको थियो । विद्यार्थीलाई पोष्ट्रिक आहारको बारे जानकारी दिने उदेश्यले विद्यालयका १ सय ८६ जना विद्यार्थीलाई अण्डा, बे्रड र दुध खुवाएको उहाँले बताउनुभयो ।
यस्तै, पुष १३ गते सिन्धुली अस्पतालमा नियमित प्रसुती सेवा लिने गर्भवती महिललाई एक–एक क्रिरेट अण्डा वितरण गरिएको थियो । अस्पतालसँगको समन्वयमा नियमित प्रसुती सेवा लिने ९४ गर्भवती साथै सुत्केरी महिलालाई अण्डा वितरण गरिएको निमित्त प्रमुख राउतले जानकारी दिनुभयो । पुष १४ गते पोल्ट्री व्यवसायी किसानलाई पोल्ट्री सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा किसानलाई पोल्ट्री सम्बन्ध समस्या, समाधानका उपाय, फाइदा लगाएतको विषयमा जानकारी दिइएको थियो ।
पुष १५ गते पोल्ट्री सम्बन्धी लेखक विभिन्न मिडियामार्फत सार्वजनिक गरिएको थियो । पोल्ट्री व्यवसायको सफलताको कथा, पोल्ट्री व्यवसायको फाइदा बारे पशु चिकित्सको लेखक मिडियाबाट सार्वजनिक गरिएको हो ।
पुष १६ गते सिन्धुलीमाढीका श्रमिकलाई खाजा स्वरुप अण्डा खुवाइएको थियो । जिल्ला अस्पताल सिन्धुलीको भवन निर्माणमा खटिएको १ सय ४० जना श्रमिक र सिन्धुलीमाढीको विभिन्न स्थानमा ज्याला मजदुरी गर्ने २४० जना श्रमिकलाई खाजा अण्डा, ब्रेड खुवाइएको थियो । सिन्धुलीमाढीको हाटेबजारमा श्रमिकलाई खाजा अण्डा र बे्रड खुवाएको निमित्त प्रमुख राउतले बताउनुभयो ।
पोल्ट्रीमा विकास गर्ने उदेश्यले वि.स २०७० साल देखि पोल्ट्री दिवस मनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो पहिलो पोल्ट्री दिवस जिल्ला स्तरमा मनाइएको हो । गत वर्ष प्रदेशस्तरमा मात्रै पोल्ट्री दिवस मनाउने गरिन्थ्यो ।