शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली महोत्सव खचाखचः ज्योतिसँगै झुमे युवा देखि वृद्ध

बिहिवार , पौष १४, २०७९

सिन्धुली– आठौँ सिन्धुली महोत्सवको छैठौँ दिनमा लोकगायिका ज्योति मगरले स्टेज तताउनुभएको छ । आठ डिग्रि सेल्सियस तापक्रममा पनि ज्योतिले वान् पिस लुगा लगाएर प्रसतुति दिदाँ दर्शक उहाँसग्े झुमेका थिए । स्टेज उक्लिदा कोट लगाएर आउनुभएको ज्योतिले प्रस्तुति दिइरहदा कोटनै फुकालेर गित गाउन लागेपछि भिडले होस गुमाएको थियो । ज्योतिको प्रस्तुति हेर्न झण्डै सात हजार बढि दर्शक महोत्सवस्थलमा आएको आयोजक सिन्धुली उद्योग वाणिज्य संघले जनाएको छ ।

धेरै वर्षपछि आफू सिन्धुली आएको बताउदैँ ज्योतिले आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले ‘चोलि भित्र के छ, उही मुलाको सिन्की उही मुलाको चाना, चानचुने त कहाँ होर जिम्मल बाउकी छोरी, सुर्खेत बुलबुले ताल नाचौला मादलु तालैमा, नयनमा गाजल कालै राम्रो, बबाल छ’ लगायत बोलका गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा युवादेखी बृद्धसम्म झुमेका थिए । ज्योतिसँगै नेपाल आइकलबाट चर्चामा आउनुभएका कर्णराज गिरिले एक दर्जन बढि गित प्रस्तुत गनुृभएको थियो । सिन्धुली महोत्सव २०७९ मा आज गायक मिलन नेवार, बन्दना वि.कका साथै हाँस्य व्यंग्य कलाकार सुमन कार्कीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया