शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बहुप्रतिक्षित कलाकार ज्योति मगरले आज स्टेज तताउने

बुधवार , पौष १३, २०७९

सिन्धुली– सिन्धुली महोत्वस २०७९ को पाचौँ दिन मंगलबार गायिका अस्मिता अधिकारी र उर्गेन दोङको प्रस्तुतिमा सिन्धुली झुमेको छ । नेपाली आइडलको दोश्रो सिजनबाट संगीतमा चम्किनु भएकी अधिकारीले दर्शकको भिड देखेर तर्सिनुभएको थियो । उहाँले गित गाउनु अघि सिन्धुलीवासिले दिएको मायाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । ‘साली मन प¥यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर’ लगायत दर्जनौँ हिट गित गाउनुृभएकि अधिकारीलाई दर्शकले भरपुर साथ दिएका थिए । उहाँसँगै गायक दोङको प्रस्तुतिले सिन्धुली महोत्सवको माहोल तताएको थियो ।

त्यस्तै, छैठौँ सिन्धुली महोत्सवको मुख्यक आकर्षक लोकगायिका ज्योति मगर आज (बुधबार) सिन्धुली आउदैँ हुनुहुन्छ । मगरलाई हरेक महोत्सवको बहुप्रतिक्षित कलाकारका रुपमा हेरिन्छ । सिन्धुली महोत्सवका उद्घोषकले गायिका मगरलाई प्रचारको मुख्य पात्रनै बनाएका छन् । उद्घोषकले अन्य कलाकार भन्दा ज्योतिकै नाम बढि लिने गरेको महोत्सव घुम्न पुगेका कमलामाई नगपालिका ६ का रोशन कार्कीले बताउनुभयो । मगरसँगै भ्वाईस अफ नेपालका प्रतिस्पर्धी कर्णराज गिरीले समेत आज प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ ।

त्यसैगरि, बिहिबार मिलन नेवार, निरज नेपाल, शुक्रबार अल्मोडा उप्रेती, बेनिसा पौडेल, शनिबार लक्ष्मी मल्ल, महेश उप्रती र अन्तिम दिन प्रमोद खरेल, डिजराज काफ्ले, कविता नेपाली सहितका कलाकारले प्रस्तुति दिने समय तालिका रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया