सिन्धुली– मंगलबार दिउँसो १ बजेको समयमा काभ्रेस्थित विपी राजमार्गमा सडक दुर्घटनामापरि एकजनाको मृत्यु भएको छ । काभ्रेको नमाबुद्ध नगरपालिका २ नम्बर वडा स्थित बुच्चाकोटमा बस र मोटरसाइकल ठोक्किदा सिन्धुलीका सुमन काफ्लेको मृत्यु भएको छ ।
धुलिखेलबाट भकुण्डेतर्फ आउदै गरेको प्र १–००१ प ०८८९ नम्बरको मोटरसाइकल र महाभारतबाट बनेपा जादैँ गरेको बा ४ ख ६२७ नम्बरको बस एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुधौली नगरपालिका–४ डकाहाका २२ वर्षिया काफ्लेको मृत्यु भएको काभ्रे प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) दुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । उपचारकालागि धुलिखेल अस्पताल लगिएकोमा अस्पतालले काफ्लेलाई मृत घोषणा गरेको थियो । मोटरसाइकल चालक सिन्धुलीको फिक्कल गाउँपालिका ६ का २७ वर्षको कपिल पौडेल घाइते भएको र धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपि न्यौपानेले बताउनुभयो ।
काभ्रे प्रहरीले ठक्कर दिने बस, मोटरसाइकल गएकै दिशातर्फ गइरहेको बा ०२६ प ५२१० नम्बरको कार र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको न्यौपानेले बताउनुभयो ।