सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाले घरघरमा खानेपानीको व्यवस्था गर्ने क्रम बढ्दै गइरहेको छ । नागरिकलाई स्वच्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यका साथ पालिकाले सोमबार मरिण वडा नं. ३ भालुमारामा ३ वटा सार्वजनिक स्थल र ९७ घरधुरीको लागि खानेपानीको धारा उदघाटन गरिएको छ ।
सोमबार एक समारोहका बिच खानेपानीको पहुँच सुधारका लागी सोलार लिफ्टिङ परियोजना मार्फत निर्माण गरिएको खानेपानीको धाराको उदघाटन गरिएको हो । भालुमारा नमुना कृषि समुहको आयोजनामा भएको उदघाटन तथा हस्तान्तरण कार्यक्रममा भालुमारा नमुना कृषि समुहका अध्यक्ष अशोक मोक्तानको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको प्रमुख आत्थितामा सम्पन्न भएको छ ।
वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको १०० प्रतिशत नवीकरण उर्जा कार्यक्रम अन्र्तगत ३९ लाख आर्थिक सहयोग तथा बिभिन्न दातृसंस्थाको समन्वय तथा मरिण गाउँपालिकाको साझेदारीमा खानेपानीको पहुँच सुधारका लागी सोलार लिफ्टिङ मार्फत खानेपानीको धारा निर्माण गरिएको हो । खानेपानीको चरम समस्या भालुमाराका नागरिकले भोगिरहेको हुँदा स्थायी समस्या समाधानको लागि पालिकाको अग्रसरतामा काम भएको अध्यक्ष मोक्तानले बताउँनुभयो ।
मरिण गाउँपालिकाको १ घर १ धारा कार्यक्रममा उक्त परियोजनाले सहयोग गरेको अध्यक्ष मोक्तानले थप्नुभयो । पालिका भरिनै १ घर १ धाराको अभियान सञ्चालन गरेर अब केही वर्षमै पालिका भरिनै खानेपानीको चरम समस्या समाधान गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका डाक्टर मधुसुदन अधिकारीले सुविधा प्राप्त गर्नु मात्रै समस्याको अन्त्य नभै त्यसलाई स्थायित्व दिन जरुरी रहेको बताउनुभयो । जसका लागी सुविधा लिन खुद व्यक्ति र त्यहाँका समुदायको नै त्यसको लागी जिम्मेवार रहनुपर्ने बताउनु भयो । साथै यस परियोजनाको कार्यलाई वडा र पालिका स्तरबाट पनि सहयोग गर्ने आवश्यक रहेको उहाँको भनाई छ ।
मरिण ३ नम्बर वडाका अध्यक्ष जित बहादुर श्रेष्ठले खानेपानीको पहुँच सुधारका लागी सोलार लिििफ्टङ मार्फत ल्याइएको खानेपानीमा आइपर्ने जुनसुकै समस्या समाधानको लागी वडा तत्पर रहेको बताउनु भयो । मरिण गाउँपालिकाको १ घर एक धारा कार्यक्रममा यो परियोजनाले ठुलो सहयोग पु¥याएको छ ।