शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आमावाबु विहिन बालबालिकालाई भत्ता वितरण गरिने

सोमवार , पौष ११, २०७९

सिन्धुली– फिक्कल गाउँपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिकालाई मासिक दुई हजारका दरले भत्ता उपलब्ध गराउने भएको हो ।

आमाबाबु विहिन बालबालिकाको संरक्षण कार्यक्रम कार्यान्वयनको लागि आमाबाबु विहिन १८ बर्ष उमेर पूरा नगरेका बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले गाउँपालिकाले तोकेको आवेदन ढाँचा बमोजिम सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातहरु सहित फिक्कल गाउँपालिका अन्तरगतका सम्वन्धित वडा कार्यालयमा आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ ।

आवेदन दिनका लागि सम्बन्धत बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, (नागरिकता भएमा नागरिकताको प्रतिलिपि),बाबु र आमा दुबैको मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बावु र आमा दुबै वेपत्ता भएको वा दुबैको संरक्षण वा रेखदेखबाट बञ्चितिमा परेको सम्बन्धी सम्बन्धित वडाबाट प्रमाणित कागजात, विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भनि सम्बन्धित विद्यालयले दिएको सिफारिस (५ बर्ष पूरा गरेको बालबालिकाको हकमा मात्र), संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संरक्षकको हकमा सम्बन्धित बालबालिकाको संरक्षक हो भनि वडाले प्रदान गरेको सिफारिस आवश्यक पर्ने गाउँपालिकाले जानकारी दिएको छ । साथै आवेदनको ढाँचा गाउँपालिकाको वेवसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया