शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

छैठौँ सिन्धुली महोत्सवको तयारी पुरा

बिहिवार , पौष ७, २०७९

सिन्धुली – छैठौँ सिन्धुली महोत्सव २०७९ को तयारी तयारी तिव्र रुपमा भइरहेको छ । “कृषि, उद्योग, पर्यटन र ब्यवसायमा लगानी अभिबृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ” भन्ने मुल नारा सहित सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा छैठौं सिन्धुली महोत्सव संचालन गर्न लागिएको हो ।

भोलि शुक्रवारदेखि सुरु हुने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवद्र्धन गर्ने रहेको मेला मूल आयोजक समिति संयोजक सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । शुक्रवार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले उदघाटन गर्नुहुने महोत्सवको अहिले स्टल, मञ्च निर्माणको काम धमाधम भइरहेको छ । महोत्सवमा प्रवेश गर्नको लागि प्रवेश द्धारमा श्रृगारिएको गेट तयार गरिएको छ । महोत्सवको लागि ६ वटा स्वागत गेटहरु निर्माण हुने चरणमा छन् । शुक्रवारबिहान सबै तयारी पुरा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको कमलामाई नगरापलिका ६ स्थित माढीबजार, ढुंग्रेबास, भिामान, मरिण तथा खुर्कोटमा गेट निर्माण भइरहेको छ । महोत्सवको शुक्रवार बिहान ११ बजे उदघाटन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय उत्पादन तथा बाह्य सामाग्री, ब्यापार मेला धार्मीक तथा ऐतिहासिक स्थलहरु र खेल तथा मनोरञ्जन मुख्य आर्कषण रहने छ । त्यस्तै महोत्सव अवधीभर विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती, अन्तर बिद्यालय, क्लव, समुह नृत्य प्रतियोगिता लगायतको कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय कृषिमा आधारित बस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य वस्तुहरु, अटोमोवाइल्स, बिभिन्न यान्त्रीकीकरण उपकरण, इलेक्ट्रोनिक प्रदर्शनी, जडीबुटी तथा बनपैदावार प्रदर्शनी लगायत ३ सय वटा ब्यपारिक स्टलहरु राखीने छ । महोत्सव यही पुस १८ गते समापन हुनेछ ।

महोत्सव को अवसरमा साइकल  र्‍यालीको आयोजना

यसैबिच सिन्धुली महोत्सव २०७९ को अवसरमा सिन्धुली जिल्ला साईकिलङ्ग संघको आयोजनामा सिन्धुलीमाढीमा साईकल  र्‍यालीको आयोजना गरिएको छ ।

साईकल  र्‍यालीमा “सिन्धुली महोत्सव सफल पारौं” लेखिएको प्लेकार्ड सहित कमलामाई नगरपालिका ६ स्थित वि.पि. पुष्पलाल स्मृति पार्क देखि धुराबजार हुदैँ रक्तमाला मन्दिर, ढुंग्रेवास, राम्माढी, शान्तिनगर चोक, वुद्धनगर चोक, ट्राफिक प्रहरी पोष्ट, २ नं वजार, १ नं वजार हुदै पुन वि.पि. पुष्पलाल स्मृति पार्कमा आई ¥याली समापन भएको थियो ।

उक्त साईकल  र्‍याली सिन्धुली उधोग वाणिज्य संघ, सिन्धुली जिल्ला खेलकुद विकास समिति, सामुदाियक सेवा केन्द्र सिन्धुलीको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा र्यालीको आयोजना गरिएको हो ।

ो

प्रतिक्रिया