शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अतिक्रमणको चपेटामा सामुदायिक बन

बिहिवार , पौष ७, २०७९

सिन्धुली – सिन्धुलीमा १५९४.०१ हेक्टर सामुदायिक र सरकारी वन अतिक्रण भएको छ । डिभिजन बन कार्यालय मरिण र डिभिजन बन कार्यालय सिन्धुलीको तथ्या अनुसार १५९४.०१ हेक्टर सामुदायिक र कसरकारी वन अतिक्रण भएको हो । वन क्षेत्र काठ तस्कर र सुकुम्बासीका नाममा भूमाफियाले अतिक्रमण गरेका छन् । अतिक्रमित वनमध्ये झन्डै ८ हजार हेक्टमा बस्ती विकास भएको छ । रानीवास, हर्षाही, टाँडी, निपाने, दुधौली, कल्पवृक्ष, पीपलमाढी, महेन्द्रझ्याडी, कल्पबृक्ष लगायत क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण भएको छ । गरिब तथा सुकुम्बासीका नाममा २०५० यता वन अतिक्रमण भएको पाइन्छ ।

“पछिल्लो समय पनि काठ तस्कर र भूमाफियाले वन फँडानी गर्ने क्रम बढेको छ”, डिभिजन वन कार्यालय मरिणका बन अधिकृत पुष्पराज बतौँलाले भन्नुभयो, “हामीले देखेसम्म र गुनासो आएसम्म रोक्ने प्रयास गरिरहेका छौं ।” यसबाहेक बिघौं बिघा जग्गाजमिन भएका सामुदायिक वनकै पदाधिकारीसमेत वन अतिक्रमण गर्न उद्यत भएको पाइन्छ ।

महेन्द्रझ्याडीमा ४४८.२८, पिपलमाडिमा ३९९.३१, कपिलाकोटमा ११६.२१, कल्पबृक्षमा ३२०.६९, सुनकोशी ४५.५८, बस्तीपुर, १६.६३, महादेवस्थान ३३.३, क्यानेश्वर २७.५, दुधौली ८६.५, भिमान १.५, तिनपाटनमा ७, सिदेश्वर ४ र रानिवासमा ६४ हेक्टर जमिन अतिक्रमण गरेको पाइएको छ ।

जिल्लाको चार पालिकामा १ हजार ५ सय ९४ घरधुरी अतिक्रमण गरेर बस्ती बसालेका छन् । सुनकोशीमा १८, बस्तीपुरमा १६, महादेवस्थानमा १२६, कपिलाकोटमा १४९, कल्पवृक्षमा ४१५, कहेन्द्रझ्याडिमा २९८, पिपलमाडिमा ५३५ र क्यानेश्वरमा ३७ घरघुरीले वन अतिक्रमण गरेर बस्ती बसालेका छन् ।

अतिक्रमण क्षेत्र मध्ये केहि सामुदायिक बन भित्र हस्तान्तरण भइ बृक्षारोपण गर्ने कार्य भएको अधिकृत बतौलाले बताउनुभयो । सम्भावित क्षेत्रमा डिभिजन बन कार्यालयबाट हटाइ वृक्षारोपण गर्ने कार्य भएको उहाँले जानकारी दिनुभयो । वि. स २०५० सालबाट सामुदायिक बन अस्तान्तरण थालिएपछि तिव्ररुपमा अतिक्रमण कम भएको उहाँको भनाइ छ । वसाइसराइ, राजनितिक अस्थिरता, जिल्लामा जग्गाको नापी नक्सा समयमा हुन नसक्नु साथै ऐलानी जग्गामा बसोबसा गर्ने प्रचलनले र वर्षेनी बाढीको चपेटामा परि गरिब विपन्नलाई स्थानान्तरण गर्द बन अतिक्रमण भएको उहाँले बताउनुभयो । “पहाडि क्षेत्रको अतिक्रमण भनेको खरवारी तथा खोरिया विस्तार हो जुन केहि वर्ष यता युवाहरु वैदेशिक रोजगारमा सहभागि भउपछि हट्दै गएको पाइन्छ । जिल्लामा सामुदायिक वनको विस्तार र स्थानिय वासिन्दाहरुको सक्रियताले र डिभिजन वन कार्यालयको प्रयासले खासै वन अतिक्रमण हुन पाएको छैन ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया