शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘सुनकोशी मरिण डाइभर्सन निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको छैन’

बुधवार , पौष ६, २०७९

सिन्धुली – राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाइभर्सन निर्माणमा कुनैपनि गुणस्तरहिन सामाग्री प्रयोग नभएको इन्जिनियर असोकराज गौतमले बताउनुभएको छ । मंगलबार आयोजना अनुगमनको क्रममा उहाँले गुणस्तर सेगमेन्ट प्रयोग भएको दावी गर्नुभएको हो ।

“हामीले तयार गरेको सेगमेन्ट मापन गरेर मात्र प्रयोग गर्ने छौँ । कास गरेका सेगमेन्टको प्रत्येक घनमिटरमा २ सेटको क्युब लिने गरिन्छ । क्युब लिएको सात देखि २८ दिनमा मापन गरेर गुणस्तर सुनिश्चित गरिएको हुन्छ । नेपाल भिजिलेशन सेन्टर , गुणस्तर तथा नाप तौल विभाग र इन्जिनियर अध्ययन संस्था पुल्चोकक्याम्पसमा थ्रड पाटि मापन पनि गरेका छौँ । त्यहाँबाट पनि यहाँको सेगमेन्ट गुणस्तर छ भन्ने सुनिश्चित भएको छ ,” उहाँले भन्नुभयो । सेगमेन्ट निर्माण गर्ने क्रममा केहि गलत भएका सेगमेन्टलाई प्रयोग नगरिएको उहाँ बताउनुहुन्छ । “हामीले सेगमेन्ट बनाउने क्रममा केहि गलत हुन्छ । यस्ता सेगमेन्टलाई रिजेक्ट गरेको छ । मापन गरेर गुणस्तर छ भन्ने पुष्टि भएको सेगमेन्ट मात्रै प्रयोग हुने छ ।” उहाँले भन्नुभयो ।

यस्तै, आयोजनाको सुरुङ मार्ग निर्माण तिव्र गतिमा भइरहेको । हाल सम्म १६ सय मिटर सुरुङ खनिसकेको छ । टनेल बोरिङ मेसिनबाट गत असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो । १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको हो । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले एक महिनामा ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखेका छ । सुरुङ ५१ महिनामा सक्ने गरी कोभेकसँग सन् २०२१ मार्च १९ मा सम्झौता भएको थियो ।

यसअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ठेक्का पनि यही कम्पनीले पाएको थियो । टीबीएम मेसिन जडान गर्न कुसुमटारस्थित प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ मानिसले नै खनेका थिए । त्यसपछि २३० मिटर लामो उक्त मेसिन जडान गरेर थप खन्न थालिएको थियो ।

मरिणबाट १३.३ किमि सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्रीनजिक सुनकोशी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा करिब ७ सय मिटर तल पर्छ । पानी बग्ने ५.५ मिटर परिधि रहने गरी अहिले ६.६ परिधिको सुरुङ मेसिनले खनिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । टीबीएमले ८/८ घण्टाका दरले ३ सत्रमा गरी चौबिसै घण्टा सुरुङ निर्माण गरिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकको गतिमा कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ ।

उत्पादित विद्युत् डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड हुँदै नवलपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

प्रतिक्रिया