शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

वडाध्यक्षलाई कार्वाही गर्न एमालेको माग

सोमवार , पौष ४, २०७९

सिन्धुली– गत मंसिर २८ गते बुधबार राती हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ का रामशरण फुँयालमाथि भएको सांघातिक आक्रमणको घट्नामा निष्पक्ष छानविन गर्न नेकपा एमालेले माग गरेको छ । एमालेको हहिरपुरगढी गाउँपालिका कमिटिले एक विज्ञप्ति निकाल्दै वडा नं. ७ का वडाध्यक्ष विच बहादुर मोक्तान संलग्न रहेको भनिएको उक्त घट्नाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

वडाध्यक्ष मोक्तानले स्थानिय फुयालमाथी ट्याक्टर सस्तो भाडामा नदिएको निहुँमा कुटपिट गरि घाइते बनाएका थिए । पिडित फूयालले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा वडाध्यक्ष मोक्तान विरुद्ध किटानी जाहेरी दर्ता गराइसक्नुभएको छ । वडा सरकारको प्रमुख जस्तो पदमा आसिन अभिभावकिय भूमिकामा रहेको व्यक्तिबाट आफ्नो वडावासी माथी भएको घट्ना अमर्यादित भएको भन्दै एमालेले दोषिमाथि काुननी कार्वाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“समाजमा भएका हरेका समस्याको समाधान गर्नुपर्नेमा वडा अध्यक्ष आफैँ यस्ता घृणित कार्यमा संलग्न भई गरिएको कुटपिट घटनाले गाउँमा सिंहदरवार आएको नभई सिंहको मात्र आगमन भएको महसुसले वडावासीहरुमा त्रासपूर्ण वातावरण श्रृजना भएको छ”, गाउँ कमिटिका अध्यक्ष मान बहादुर वाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “आफ्नो पदिय जिम्मेवारी र मर्यादको ख्याल नगरी वडाबासीहरुमा गरिएको यस्ता घृणित कार्य गर्ने जो कोहीलाई आवश्यक अनुसन्धान गरी दोषी उपर कानुनी सजायका भाग्यदार बनाउन सम्बन्धीत निकायको ध्यानकर्षण गराउंदछौँ ।”

प्रतिक्रिया