शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जिल्ला स्तरीय वक्तृत्वकला तथा लोक नृत्य प्रतियोगिता सम्पन्न

सोमवार , पौष ४, २०७९

सिन्धुली, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल.प्याब्सन) सिन्धुलीको आयोजनामा शनिवार जिल्ला स्तरीय वक्तृत्वकला तथा लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ । सदरमुकामस्थित खुल्लामञ्चमा भएको प्रतियोगितामा जिल्लाभरका २३ ओटा निजी विद्यालयले सहभगिता जनाएका थिए । उक्त प्रतियोगिताको दुवै विधामा समय पाठशाला अंग्रेजी माध्यमिक विद्यालय धुरावजार सिन्धुलीले पहिलो स्थान प्राप्त गरेको छ ।

वक्तृत्वकला तर्फ समय पाठशालका छात्र अमिस गुप्ता प्रथम, भगवती अंग्रेजी उच्च मा.वि.का छात्रा नुना गजुरेल दोस्रो र सिन्धुली पाठशाला अंग्रेजी मा.वि.का छात्रा सेविका अधिकारी तेस्रो भएका छन् । त्यसैगरी लोक नृत्यमा समय पाठशालाका किराँती साकेला नृत्य पहिलो, सिन्धुली पाठशालाका गुरुङ झर्रा नृत्य दोस्रो, न्यु स्टार एकेडेमीका तामाङ सेलो नृत्य तेस्रो र सुर्योदय अंग्रेजी मा.वि.का राष्टभक्तिपुर्ण समुह नृत्यले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस प्रतिस्पर्धामा पहिलो हुन सफल विद्यालयले आगामी पुस ९ गते नेशनल.प्याब्सन बागमती प्रदेश कमिटीद्धारा आयोजित प्रदेशस्तरीय प्रतिस्पर्धामा जिल्लाको प्रतिनिधित्व गरी सहभागी हुने छन् । त्यसैगरी प्रदेशस्तरीय प्रतिस्पर्धा बाट छनौट भएका दुवै विधाका विजेताहरुले आगामी पौष २७ गते आयोजना हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

जिल्लाब्यापी उक्त प्रतिगोगिताको वक्तृत्वकला तर्फ तीन सदस्यीय निर्णायक मण्डलमा जनआन्दोलन २०६२÷६३ का प्रखर वक्ता तथा चर्चित युवाकवि साथै दुधौली प्रज्ञा प्रतिष्ठानका उपकुलपति मणि काफ्ले, सिन्धुली बहुमुखी क्याम्पसका सहप्राध्यापक महालक्ष्मी सापकोटा, जनजागृति मा.वि. भिमानका प्रधानाध्यापक कृष्णप्रसाद निरौला हुनुहन्थ्यो भने लोक नृत्य प्रतियोगिताको तीन सदस्यीय निर्णायकहरुमा नृत्य निर्देशक महासंघ नेपालका केन्द्रीय सदस्य लोकचन्द्र श्रेष्ठ, नेपाली सेना श्री बर्दबहादुर गण सिन्धुलीका नृत्य निर्देशक मिन बहादुर नेपाली, र रेडियो शिद्धबाबा तथा शिद्धबाबा एच.डी टेलिभिजनका प्रवन्ध निर्देशक टिकाजंग थापा रहनुभएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल.प्याब्सन)का केन्द्रिय सचिव श्री कृष्णकुमार उप्रतीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथीका रुपमा नेशनल.प्याब्सन बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य श्री रविन पौडेल, नेशनल.प्याब्सन सिन्धुलीका सल्लाहकार श्री रमाकान्त सुवेदी उपस्थित हुनुभएको थियो । (नेशनल.प्याब्सन) सिन्धुलीका अध्यक्ष श्री सोनाम बज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका जिल्ला सचिव श्री निराजन श्रेष्ठले गर्नुभएको थियो ।

त्यस कार्यक्रममा संस्थाका सदस्य विद्यालय विलिभर्स एकाडेमीबाट नृत्य प्रतियोगितामा सहभागी साना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप भगवती उच्च मा.वि.का आर्थिक प्रशासन प्रमुख रमाकान्त सुवेदीले पाँचहजार नगद हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया